सरकार र डा. केसी पक्षबीच आज भएको बार्ता निस्कर्षविहीन

काठमाडौँ, १३ साउन । सरकार र डा गोविन्द केसी पक्षबीचको आज भएको बार्ता विना निस्कर्ष टुंगिएको छ । डा केसी पक्षको मागका विषयमा सरकारी टोलीले निर्णय गर्न नसकेपछि बार्ता विना निस्कर्ष टुंगिएको हो ।

दिउसो करीब २ बजेबाट साढे ३ घण्टा सम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता चलेको थियो । सो क्रममा करीब १ घण्टा डा केसीको आन्दोलन, उनले उठाएका माग, भएका सम्झौता तथा कार्यन्वनयको अवस्थाका बारेमा छलफल भएको थियो ।बाँकी साढे दुई घण्टाको अवधीमा पुरा नभएका मागका बारेमा के कसरी अघि बढने भन्ने बारेमा छलफल भएको थियो ।

सरकारी बार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले बार्ताको पहिलो दिन डा केसीका मागका बारेमा बिस्तृत छलफल भएको भन्दै भोली थप छलफल हुने गरी टुंगिएको बताए ।

त्यसो त डा केसी पक्षले अरु मागसंगै चिकित्सा शिक्षा विधियेक र स्वायत्त मेडिकल युनिभर्सिटीको मागलाई विशेष जोड दिएको छ । ‘माथेमा आयोगले दिएको निर्देशन अनुसार तत्काल चिकित्सा शिक्षा विधेयक पास हुनुपर्ने र स्वायत्त मेडिकल युनिभर्सिटी हुनुपर्ने प्रमुख माग पायौँ,’ सचिव श्रेष्ठले भने ।

सरकारी बार्ताटोलीले विधियेक संसदमा गईसकेको अवस्था भएकोले त्यो निर्णय गर्ने अधिकार संसद भएकोले आफूहरुको हात नभएको बताएका थिए । उनीहरुले बरु विधियेक छिटो पास गराउनुपर्ने भन्दै संसदको ध्यानाकर्षण गराउने जनाएका थिए ।

स्वायत्त विश्वविद्यालयको निर्णय गर्ने ल्याकत पनि आफूहरुको नभएको भन्दै संसद र सरकारका उच्च अधिकारीलाई सो बारेमा जानकारी गराउने बताएका थिए ।

आजको बार्तामा सरकारको तर्फबाट श्रेष्ठ बाहेक प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा विनोदमान श्रेष्ठ सहभागी थिए ।

यता केसीको तर्फबाट प्राडा वाइपी सिंह, डा रन्जन सापकोटा सहितको टोली थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *