चिकित्सकलाई १०० प्रतिशत भत्ता दिने निर्णय भएकै हो : पूर्वमन्त्री थापा
काठमाडौँ, १२ साउन । पूर्व स्वास्थ्य मन्त्री गगन थापाले चालु आर्थिकबर्षबाट सरकारी अस्पतालमा ९ ३ बजेसम्म ओपिडी दिने चिकित्सकलाई १०० प्रतिशत प्रोत्साहन भत्ता दिनुपर्ने बताएका छन् ।
उनले आफू सरकारमा रहँदा नै मन्त्रीपरिषदबाट सो निर्णय गराएको भन्दै त्यसको तत्काल कार्यान्वनय गराउन स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको ध्यानाकर्षण गराएका छन् ।
बीर अस्पतालको १२८ औँ बार्षिकोत्सव समारोहमा सम्वोधन गर्न पुगेका पूर्वमन्त्री थापाले सरकारी चिकित्सकबाट थप ओपिडी सेवा लिएवापत सुरुमा ५० प्रतिशत र नयाँ आर्थिक बर्ष (साउन) महिनाबाट १०० प्रतिशत प्रोत्साहन भत्ता उपलव्ध गराउने निर्णय भएको बताए ।
उनले आफ्नो पालाको मन्त्रीपरिषदको निर्णयलाई अर्थमन्त्रालयबाट अवरोध सिर्जना गर्न खोजिएको भन्दै मन्त्री पोखरेलको ध्यानाकर्षण गराएका हुन् ।
यसअघि हिजो मात्रै विज्ञप्ती जारी गर्दै सरकारी चिकित्सक संघ नेपाल गोदानले सम्झौँता अनुसारको प्रोत्साहन भत्ता नपाएको भन्दै ९ ३ सम्म दिदै आएको सेवा बन्द गर्नेसम्मको चेतावनी दिएको थियो ।
सम्पर्क इमेल : [email protected]