डा. गोविन्द केसीका माग सम्वोधन गर्न सरकारले बनायो बार्ताटोली
काठमाडौँ, १२ साउन । डा गोविन्द केसीसंग बार्ता गर्न सरकारले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संजोजकत्वमा तीन सदस्यीय बार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले बार्ताटोली गठन गरेको हो ।
टोलीका स्वास्थ्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य तोकिएको छ । आजै बीर अस्पतालको बार्षिकोत्सवमा पुगेका पूर्व स्वास्थ्य मन्त्री गगन थापाले डा केसीसंग बार्ता गर्न सरकारले तत्काल बार्ता टोली गठन गर्नुपर्ने सुझाव दिएका थिए ।
त्यसलगत्तै बोलेका स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले आजै बस्ने बैठकमा सो कुरा विशेष रुपमा राख्ने आश्वासन दिएका थिए । मन्त्री पोखरेलकै प्रस्ताव अनुसार सरकारले टोली गठन गरेको हो ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखी डा केसी गत ९ साउन देखि त्रिवि शिक्षण अस्पताल परिषरमा आमरण अनसन बसेका छन् । उनको यो ११ औँ अनसन हो ।
सम्पर्क इमेल : [email protected]