सरकारी चिकित्सकले १०० प्रतिशत प्रोत्साहन भत्ता नपाए ९-३ ओपिडी नचलाउने
काठमाडौँ, ११ साउन । सरकारी चिकित्सकले सरकारले नयाँ आर्थिक बर्षबाट प्रोत्साहन भत्ता १०० प्रतिशत नपाए आफूहरुले दिदै आएको ९- ३ समयसम्मको ओपिडी सेवा पनि नदिने चेतावनी छन् । सरकारी चिकित्सक संघ नेपाल गोदानले बुधबार विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
पूर्व स्वास्थ्य मन्त्री गगन थापाले ओपिडी सेवा ९ – ३ बनाउने निर्णय गरेका थिए । उनले सो बापत चिकित्सकहरुलाई ५० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेका थिए । तर सरकारी चिकित्सक संघले नयाँ आर्थिक बर्षबाट भत्ता १०० प्रतिशत हुने सर्तमा मात्रै त्यतिवेला सो व्यवस्था मानेको बताएका छन् ।
उनीहरुले नयाँ आर्थिक बर्ष सुरु भईसकेपछि भत्ता बढाउने विषयमा मन्त्रालयले चासो नदेखाएको भन्दै आपत्ती जनाएका छन् । गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेद्धारा जारी विज्ञप्तीमा नयाँ व्यवस्थाले चिकित्सकहरुको कार्यअवधी समेत बढेर ७० देखि १४० घण्टासम्म पुगेको भन्दै त्यस अनुसार प्रोत्साहनको काम नभएको उल्लेख छ ।
गोदानले स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले सपथ लिइ पदवहाली गरेकै दिन विज्ञप्ती मार्फत मन्त्रालयलाई दवाव दिएको छ । यो विज्ञप्ती यति बेला आएको छ जतिवेला नयाँ स्वास्थ्य मन्त्री पोखरेलले कर्मचारीहरुसंग सहकार्य गरी स्वास्थ्य क्षेत्रलाई उत्कृष्ठ बनाउने भन्दै थिए ।
हेरौँ गोदानको विज्ञप्ती
सम्पर्क इमेल : [email protected]
sewa dinna matra navana rajinama pani din6u vanne himmat gara. Timro bewaharle janata wakka vaisakeka 6an. Yesko 6inofano jantale garne6an. Chappal nalauneharule tireko karbata timro talab purti hun6 yo pani bujhirakh