स्वास्थ्य मन्त्रीमा पुन: गिरिराजमणी पोखरेल

काठमाडौँ, ११ साउन । शेरबहादुर देउवा नेतृत्वको गठवन्धन सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेबारी गिरिराजमणी पोखरेल सम्हाल्ने भएका छन् ।

आज थपिने मन्त्रीहरुमा माओवादी केन्द्रले आफ्नो भागमा परेको स्वास्थ्य मन्त्रालय सम्हाल्ने जिम्मा पोखरेललाई दिने निर्णय गरेपछि उनी पुन स्वास्थ्य मन्त्री बन्ने भएका हुन् ।

२०६३ साल यता तीन पटक मन्त्री बनिसकेका पोखरेलसंग यसअघि दुईपटक स्वास्थ्य मन्त्री बनिसकेको अनुभव छ । उनी पछिल्लो पटक भने केपी ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्री थिए ।

दोस्रो जनआन्दोलन सफल भएपछि १२ बैशाख २०६३ सालमा बनेको स्वर्गीय गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उनी पहिलोपटक स्वास्थ्य मन्त्री भएका थिए ।

२०६४ सालको संविधानसभा चुनावमा माओवादी सबैभन्दा ठूलो दल भएपछि माओवादी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको गठबन्धन सरकारमा उनी पुन: स्वास्थ्य मन्त्रीको रुपमा पदवहाली गरेका थिए । गिरिराजमणीले सोही कार्यकालमा सक्षम मन्त्रीको सूचीमा आफूलाई उभ्याएका हुन् ।

१५ भदौ २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेका उनी २१ बैशाख २०६६ सम्म स्वास्थ्य मन्त्रीको हैसियतमा थिए ।

अघिल्लो सरकारका स्वास्थ्य मन्त्री गगन थापाले विदाई स्वास्थ्य मन्त्रीको रुपमा विदाई भेट गरेको ५२ दिनपछि पुन मन्त्री पोखरेल स्वास्थ्यमा आउदैछन् । करीब ९ महिना मन्त्री बनेका थापाले गत २१ जेठमा पत्रकार सम्मेलन गरी मन्त्रालयबाट विदा भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *