दुर्व्यवहारप्रति आपत्ति जनाउँदै गोदानले निकाल्यो यस्तो विज्ञप्ती
काठमाडौँ, ९ साउन । सरकारी चिकित्सक संघले हेटौडा अस्पतालका मेसु डा सर्बेश शर्मामाथि भएको मुक्का प्रहार प्रति आपत्ती जनाएको छ । उसले केही दिन अघि भेरी अञ्चल अस्पताल नेपालगञ्जका पूर्व मेसु डा श्याम यादव माथि भएको हातमातको समेत भत्सना गरेको छ ।
गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेद्धारा आज जारी विज्ञप्तीमा अत्यन्त न्यून पारिश्रमिक, सरकारको उपेक्षा र असहज अवस्थामा समेत सरकारी अस्पतालमा खटने डाक्टरलाई गैरमानवीय ढंगले हातपात गर्ने काम सम्पूर्ण चिकित्साबर्ग उपरको अत्याचार भएको भन्दै यस्ता कार्यमा सम्लग्न व्यक्तिलाई हदै सम्मको कारबाही गर्न माग गरिएको छ ।
गोदानले चिकित्सक माथि हुने हिंसालाई निरुत्साहित गर्न जेल वीथ आउट बीलको कानून चाडै पास गरी लागू गर्न समेत माग गरेको छ ।
स्टोरको जिम्मेबारी नदिएको भन्दै हिजो हेटौडा अस्पतालका एक कर्मचारीले मेसु डा शर्मा माथि मुक्का प्रहार गरेका थिए ।
सम्पर्क इमेल : [email protected]