कलाकार प्रधानलाई चौथो पटक किमो
काठमाडौँ, ७ साउन । भोजन नलीको अर्बुद रोगबाट पीडित चित्रकलाकार सुरेन्द्र प्रधानलाई शुक्रबार साँझ चौथो पटक केमोथेरापी(रसायन चिकित्सा) दिइएको छ ।
सर जेजे स्कुल अफ आर्ट, बम्बइ भारतबाट स्नातक बाउन्न वर्षीय प्रधान करिब दुई महिनादेखि नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि ललितपुरमा उपचाररत छन् । उनी चित्रकारितामा घनवाद र दृष्टान्त कलाकारितामा सक्रिय छन् ।
उनले मुहार चित्रमा पनि विशेष तालिम लिएका छन् । “ किमोपछि सुधार भएको महसुुस गरेको छु ” प्रधानले भने । उनले पाइपबाट नै खाना खाइरहेका छन् ।
काठमाडौँ र स्विट्जरल्यान्डमा धेरै पटक एकल चित्र प्रदर्शनी गर्नुभएका प्रधान नेपाल, भारत, बंगलादेश र फ्रान्समा पनि सामूहिक चित्रकलामा सहभागी भइसकेका छन् ।
नेपाल वाटरकलर सोसाइटीका सदस्य प्रधानलाई उपचारमा सहयोगका लागि आधुनिक कलाकार समाज(सोमा), वाटरकलर सोसाइटी, ललितकला हातेमालो अभियान, नेपाल इन्टरनेसन वाटरकलर सोसाइटीलगायतबाट रकम प्रदान भएको सोमाका सदस्य जीवन राजोपाध्यायले जानकारी दिए । रासस
सम्पर्क इमेल : [email protected]