आम्दा अस्पताललाई रु दश लाख सहयोग

झापा, २९ असार । आम्दा अस्पताल झापालाई एक जापानीले रु १० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय आम्दा जापानका अध्यक्ष रहेका जापानका डा सुगानामीले मेचीनगरका नवनिर्वाचित प्रमुख तथा सो अस्पतालका अध्यक्ष विमल आचार्यलाई रु १० लाख रकम बराबरको चेक आज यहाँ हस्तान्तरण गरे ।

जापान सरकारको सहयोगमा मेचीनगर–३ झापामा निर्माण भएको सो अस्पताल विसं २०६५ देखि सञ्चालनमा आएको छ । पन्ध्र श्ययाको सो अस्पताल मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य संघ र आम्दा नेपालको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ ।

अस्पतालबाट झापाको मेचीनगर नगरपालिका र वरपरका बाहुनडाँगी, शान्तिनगर, धाइजन, ज्यामिरगढी, दुहागढी गाविससहित दक्षिण इलामको जिर्मले, कोलबुङ गाविसका स्थानीयले उपचार सेवा पाइरहेका गरेका छन् ।

अस्पतालमा तीन जना एबिबिएस चिकित्सक र २५ जना कर्मचारी कार्यरत छन् । प्राप्त रकम अस्पतालकै स्तरोन्नतिमा खर्च गरिने अध्यक्ष आचार्यले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *