महानगरको स्वास्थ्य नीति बनाउन खटिए १९ जना स्वास्थ्यकर्मी

काठमाडौँ, २५ असार । स्वास्थ्य मन्त्रालयले महानगरको स्वास्थ्य नीति बनाउन १९ जना कर्मचारी खटाएको छ । संघीय संरचनालाई कार्यान्वनय चरणमा पुरयाउन र स्वास्थ्य सम्वन्धी कार्यक्रमको नीति तथा योजना तयार पारी कार्यान्वनय चरणमा पुरयाउने जिम्मा सहित उनीहरुलाई मन्त्रालयले महानगरपालिकामा खटाएको हो ।

मन्त्रालयले पहिलोे चरणमा १० औँ तहका स्वास्थ्यकर्मीको संयोजकत्वमा २ देखि ४ जनासम्म कर्मचारी महानगरपालिकामा खटाएको हो । यद्धपी ती कर्मचारीहरु हाललाई काजमा पठाइएको हो ।

मन्त्रालयका उपसचिव बाबुराम खनालका अनुसार काठमाडौँमा ४जना, ललितपुरमा ४ जना, पोखरामा ४जना, भरतपुरमा ३ जना, बिराटनगरमा २ र बीरगञ्जमा २ जना कर्मचारी खटाइएको छ ।

उनीहरुले महानगरपालिकामा अब बस्ने परिषद बैठकमा के के कार्यक्रम प्रस्तुत गर्ने र कार्यान्वनयमा लैजाने भन्ने बारेमा योजना तथा खाका तयार पार्नेछन् । सोही अनुसार महानगरपालिकाले आगामी बर्षको स्वास्थ्य सेवाको कार्यक्रम अघि बढाउनेछ ।
मन्त्रालयले उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकामा भने स्वास्थ्य कर्मी खटाउने जिम्मा जिल्ला स्वास्थ्य कार्यालयलाई नै सुम्पिएको छ ।

निर्वाचन सम्पन्न भएका स्थानमा असार भित्रै परिषद बैठक बस्नुपर्ने स्थिति हो । त्यसले हामीले स्वास्थ्यकर्मीहरुलाई काजमा खटाएका हौँ । खनालले भने, निर्वाचन नभएका स्थानमा केही पछि खटाउनेछौँ । उनले प्रत्येक महानगरपालिकामा कम्तीमा ५ जना कर्मचारी रहनुपर्ने व्यवस्था भएपनि अहिले प्रारम्भिक चरणमा सबै कर्मचारी पुगि नसकेको बताए ।

यी हुन् महानगरपालिकामा तोकिएका कर्मचारी

काठमाडौँ महानगरपालिका

विश्वराम श्रेष्ठ (संयोजक)
डा. मुनकर्ण थापा (आयुर्वेद)
बाबुराम भुसाल
मदन गिरी

ललितपुर महानगरपालिका

डा. खगेश्वर गेलाल (संयोजक)
सुनालक्ष्मी कर्माचार्य (नर्सिङ अधिकृत)
डा. नारायण श्रेष्ठ (आयुर्वेद)
डिल्ली केसी

भरतपुर महानगरपालिका

शम्भु ज्ञवाली (संयोजक)
जीवन श्रेष्ठ
विष्णु आचार्य (आयुर्वेद)

पोखरा महानगरपालिका

हेमन्त शर्मा (संयोजक)
कविता पौडेल (नर्सिङ अधिकृत)
राजुरमण न्यौपाने
डा. ओमप्रकाश कलौनी

विराटनगर महानगरपालिका

भानुभक्त याङदेन (संयोजक)
डा. सरोज प्रसाद विशाल

वीरगञ्ज महानगरपालिका

विनय मानन्धर (संयोजक)
डा. सुचित कुमार शर्मा (आयुर्वेद)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *