रसुवागढी नाकामा हेल्थ डेस्क स्थापना
रसुवा, १५ असार । सरकारले रसुवागढी नाकामा हेल्थ डेस्क स्थापना गरेको छ । अन्तरदेशीय नाकाबाट विभिन्न खालका सरुवा रोग फैलन सक्ने भन्दै त्यसको पहिचान र निगरानी गर्न डेस्क स्थापना गरिएको हो ।
बुधबार जिल्ला स्वास्थ्य कार्याल्य रसुवाका प्रमुख डा झलक गौतमको अगुवाईमा स्थापित हेल्थ डेस्कको स्वास्थ्य सेवा विभागका प्रमुख कोष नियन्त्रक लक्ष्मण खनालले उदघाटन गरे ।
हेल्थ डेस्क स्थापना भएसंगै नाकाबाट आउनसक्ने विभिन्न खालका सरुवा रोगको सम्भावना नियन्त्रण हुने विश्वास गरिएको छ ।
हेल्थ डेस्क देशभरका नाकाहरुमा राख्ने भनिएपनि त्रिभुवन विमानस्थल बाहेक अन्यत्र स्थापना भएको छैन । यो स्थापना भएसंगै स्वाइनफ्लू इबोला, बर्डफ्लू लगाएत विभिन्न खालका सरुवारोगको जात साथै निगरानी समेत गरिन्छ ।
डेस्क स्थापनाको अवसरमा आयोजित कार्यक्रममा नेपालका सुरक्षा निकायका प्रतिनिधी तथा चिनियाँ पक्षका प्रतिनिधीहरुको सहभागिता थियो ।
सम्पर्क इमेल : [email protected]