काठमाडौँमा फेरी देखियो ‘स्वाइन फ्लू’


काठमाडौँ, १३ असार । काठमाडौँमा पुन: स्वाइन फ्लूको विरामी भेटिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा  कुलेश्वरकी ३८ वर्षीया महिलाको रगतमा स्वाइन फ्लूको ए एचवन एनवन भाइरस भेटिएको हो ।

रगत परिक्षण गर्दा स्वाइन फ्लूको संक्रमण देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक तथा सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले जानकारी दिए ।

रुघाखोकी, ज्वरो तथा स्वास फेर्नमा कठिनाई भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।

२-३ दिन देखि रुघा, खोकी तथा हल्का ज्वरोसहितका लक्षण लिएर अस्पताल आउनेको संख्या बढेको छ ।

यसअघि गत वैशाखमा स्वाइन फ्लूको संक्रमणकै कारण ३० वर्षीय एक पुरुष अस्पताल भर्ना भएका थिए । ज्वरो सहित छाती दुख्ने समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

विशेषगरी जाडो सकिएर गर्मी सुरु भएलगत्तै वर्षाको समयमा यस्ता रोगका संक्रमण देखिने गर्छ ।

खोकी लागिरहने, घाँटी खसखसाउने,१० दिनसम्म पनि कडा ज्वरो आए, बालबालिकामा ज्वरोसँगै वान्ता हुने, पखाला लाग्ने भएमा स्वाइन फ्लू भएको हुनसक्ने भएकाले यस्तो लक्षण देखिने बितिक्कै जाँच गराउनुपर्ने हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *