तीन गाउँपालिका पूर्ण खोप क्षेत्र घोषित

रसुवा, १३ असार । बढी जनघनत्व रहेको दक्षिणी रसुवास्थित तीन गाउँपालिका पूर्ण खोप क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीका अनुसार उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा जन्मिएका, शिशुदेखि एक वर्षभित्रका बालबालिकालाई दिइनुपर्ने बिसिजी, डिपिटी, पोलियो, दादुरा र रुबेलाजस्ता खोप पूरा भएकाले खोपमुक्त घोषणा गरिएको हो । घोषित क्षेत्रमा डाँडागाउँ, ठूलोगाउँ, राम्चे, धैबुङ, भोर्ले, सरमथली र यार्सा जस्ता गाउँ पर्छन् । खोपको जागरण ल्याउन गाउँ गाउँका स्वास्थ्य संस्था र महिला स्वयंसेविका क्रियाशील रहेको बताइएको छ ।

जिल्लाका पाँच गाउँपालिकामा एक वर्षमुनिका ८८० बालबालिकाले खोप लगाइरहेको र कालिका, उत्तरगया एवम् नौकुण्ड गाउँपालिकाका बालबालिकाको नयाँ तथ्याङ्क भने अद्यावधिक गर्न बाँकी रहेको तिवारीले बताए । यसैबीच वर्षायाममा बगेर आउने पानी दूषित हुने भएकाले पानीलाई उमालेर मात्र खान खुवाउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *