संक्रमितले पनि गर्छन है रक्तदान !
काठमाडौँ, ११ असार । हरेक रक्तदाताले एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सीफलिस जस्ता संक्रामक रोग छैन भन्ने ग्यारेन्टी गरेरै रक्तदानमा सहभागी हुन पाउँछन् । तर ग्यारेन्टी गरेका हरेकको रिपोर्ट भने भनेजस्तो देखिदैन् ।
बिरामीको ज्यान बचाउन भन्दै दान गरिएका मध्ये करीब १ प्रतिशत रगतमा एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सीफलिस जस्ता गम्भीर खालका संक्रामक रोगका जीवाणु भेटिने गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्र व्लड बैंकका अनुसार गत वर्षमा मात्रै दानबाट संकलित करीब एक प्रतिशत रगत अर्थात २ हजार ३ सय पोका रगतमा एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सिफलिस जस्ता रोगका जीवाणु भेटिएको थियो ।
व्लड बैकका अनुसार गतवर्ष देशभर करीब २ लाख ३० हजार युनिट (पोका) रगत संकलन भएको थियो । त्यसमध्ये ६९ पोका ( ०.०३ प्रतिशत) रगतमा एचआईभी, ७५९ पोका ( ०.३३ प्रतिशत) रगतमा हेपाटाइटिस बी, ५२९ पोका ( ०.२३ प्रतिशत) रगतमा हेपाटाइटिस सी र ९४३ पोका ( ०.४१ प्रतिशत) रगतमा सिफलिस रोगका जिवाणु भेटिएको व्लडबैंकको रिपोर्टमा उल्लेख छ ।
व्लड बैंकका कार्यकारी निर्देशक डा मनिता राजकर्णिकार संकलित रगत मध्ये एक प्रतिशत रगत बिरामीका लागि चडाउँनै नमिल्ने खालको भेटिने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘दान गर्नेहरुमध्ये अधिकांशलाई त थाह नभएरै होला कतिपयले भने थाह भई भई पनि दान गर्ने गरेको पाइएको छ । तर हामीले त्यो रगत छुट्याई राम्ररी डिसपोज गर्छौँ ।’
उनले हरेक रगत ‘रयापीड’ तथा ‘एलैजा’ टेष्ट गरी सुरक्षीत रगत मात्रै विरामीलाई उपलव्ध गराउने गरेको बताइन् । यद्धपी कहिलेकाँही ‘उइन्डो पिरियड’मा हुने गडबढीले धोका हुनसक्ने बताइन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल रेडक्रसले संयुक्त रुपमा गरेको कार्यक्रममा अन्य बक्ताहरुले नेपालको रगत कति सुरक्षित छ भन्ने बारेमा प्रस्तुति राखेका थिए । प्रयोगशालाका डा. रेखा मानन्धर र डा. राज्यश्रीले विरामीका लागि सुद्ध र सुरक्षीत रगत उपलव्ध गराउन सबैखाले उपाय अवलम्बन गरिएको बताए । उनीहरुले केही अपवात बाहेक नेपालमा रक्तसञ्चार सेवा सुरक्षीत रहेको दावी गरे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले सतप्रतिशत सुरक्षीत कुनै पनि कुरामा गर्न नसकिने भन्दै ९९.९९ प्रतिशत सुरक्षीत भएको दावी गरे । उनले संक्रमित रगत विरामीमा नपरोस भन्नका लागि सबैपक्षबाट सहयोग र सतर्कता अपनाउन जोड दिए ।
सम्पर्क इमेल : [email protected]