नव नियुक्त स्वास्थ्य सचिव डा. रेग्मीले गरिन पदवहाली
काठमाडौँ, ८ असार । नव नियुक्त स्वास्थ्य सचिव डा. किरण रेग्मीले पदवहाली गरेकी छन् । आज अपरान्ह चार स्वास्थ्य मन्त्रालयमा पुगेर उनले पदवहाली गरेकी हुन् ।
त्यसअघि आजै मन्त्रालयले स्वास्थ्य सचिव डा रेग्मी सहित १२ औँ तहमा बढुवा भएका तीन जना प्रमुख विशेषज्ञको स्वागतार्थ विशेष कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा बोल्दै नवनियुक्त सचिव डा. रेग्मीले मन्त्रालयका काम छिटो छरितो र पारदर्शी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन । आफूसंग धेरै नयाँ कार्यक्रम नरहेको भन्दै उनले निवर्तमान सचिवका पालामा सुरु गरिएका र नभ्याइएका कार्यक्रमहरुलाई निरन्तरता दिने बताइन् ।
‘म संग धेरै नयाँ कार्यक्रम छैन् । तर पुराना जे जति कामहरु भइरहेका छन र हुन बाँकी छन त्यसलाई निरन्तरता दिनेछु । र मेरो कार्यकालमा काम छिटो छरितो होस भन्ने नै चाहन्छु । यसमा मलाई साथीहरुले सहयोग गर्नुहुनेछ,’ उनले भनिन् ।
रोकिएका फाइल छिटो टुगियोस : महानिर्देशक
यसअघि स्वागत मन्तव्यमा स्वास्थ्य सेवा विभागका तर्फबाट बोल्दै महानिर्देशक डा राजेन्द्र पन्तले मन्त्रालयमा आएका र रोकिएका फाइलहरु तत्काल अघि बढाउन आग्रह गरे । उनले काममा विभागका तर्फबाट पुरापुर सहयोग हुने बताउदै मन्त्रालयबाट समेत सोही अपेक्षा राखेको जानकारी दिए ।
‘मन्त्रालयमा सहयोग हुनेछ ‘
यता मन्त्रालयका कर्मचारीका तर्फबाट बोल्दै चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठले नवनियुक्त सचिव डा रेग्मीलाई कार्यकाल सफल बन्ने बताए । उनले सम्पूर्ण कर्मचारीहरुको साथ रहेको भन्दै सबैसंग समन्वय गरी अघि बढन सुझाव दिए ।
को हुन सचिव डा. रेग्मी ?
लैनचौरस्थित कन्या माविमा अध्ययन गरेकी डा रेग्मी राष्ट्रकवि माधवप्रसाद घिमिरेकी छोरी हुन् । उनले १४ बर्षको उमेरमा लैनचौरस्थित कन्या माविबाट एसएलसी पास गरेकी थिइन । त्यसपछि अमृत साइन्स क्याम्पसबाट आइएएस्सी र विएस्सी सकेपछि चिकित्सा अध्ययन तर्फ लम्केकी हुन् ।
‘सरकारी सेवामा उनको पहिलो पोष्टिङ बाग्लुङमा भएको थियो । त्यतिवेला म २७ दिनको सुत्केरी थिएँ र पनि बाग्लुङ गएँ र सेवा सुरुवात गरेँ,’ आज आयोजित स्वागत कार्यक्रममा बोल्दा उनले भनिन् ।
‘हामी ६ जना दिदी बहिनी हौ र दुई दाजु भाई छन् । हामी आर्थिक रुपमा त्यति समृद्ध होइन तर एकेडेमिक रुपमा भने हामी धनी नै थियौँ,’ उनले आफ्नो पारिवारिक पृष्ठभूमि पनि कोट्याइन् ।
गत वर्ष प्रमुख विशेषज्ञमा बढुवा भएकी हुन् । आज बसेको मन्त्री परिषदको बैठकले उनलाई सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
सम्पर्क इमेल : [email protected]