रक्तदान गर्न ‘ब्लोदान’को जनचेतनामुलक प्रभातफेरी
काठमाडौँ, २६ जेठ । रक्तदानका बारेमा जनचेतना जगाउने उद्धेश्यका साथ व्लड डोनर्स एशोसिएशन नेपाल(व्लोदान)ले विहीबार बृहत जनचेतनामुलक प्रभातफेरीको आयोजना गरेको छ । विश्व रक्तदाता दिवसको अवसरमा हुने साप्ताहिक विविध कार्यक्रम अन्तर्गत विहीबार प्रभातफेरी अयोेजना गरेको हो ।
सो प्रभातफेरीमा विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षक तथा अभिभावकहरु, संघसंस्थाका प्रतिनिधिहरुका साथै ब्लोदानका विभिन्न जिल्लाका साथै क्षेत्रीय कमिटीका पदाधिकारी लगायतको सहभागिता थियो । प्रभातफेरी काठमाडौंको बसन्तपुरबाट शुरु भई भिमसेनस्थान, टंकेश्वर, कालिमाटी, टेकु, वन्दे नारायणस्थान, लगन, भोटेबहाल, सुन्धारा, नेपाल वायु सेवा निगम, नयाँसडक हुँदै बसन्तपुरमा नैं पुगेर समापन भएको थियो ।
कार्यक्रममा व्लोदानका महासचिव सानुबाबु प्रजापतीले रक्तदानको महत्व र गर्ने पर्ने पुन्यकामको बारेमा चर्चा गरेका थिए । उनले हरेक १८ बर्ष पुगेका हरेक व्यक्तिले रक्तदान गर्न मिल्ने भन्दै सबैलाई त्यसदिसामा सरीक हुन आग्रह गरे ।
जनचेतना रयालीको संयोजन गरेका सुर्यलाल महर्जनले शरीरबाट नास हुने रगत दान दिएर कसैको ज्यान बच्दछ भने यस्तो पुनित कार्यमा किन सहभागी नहुने भन्दै तर्क गरे ।
ब्लोदानले साप्ताहित कार्यक्रम अन्तर्गत आज विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता, २७ गते वृहत रक्तदान कार्यक्रम, २९ गते विद्यालयस्तरिय चित्रकला प्रतियोगिता, ३१ गते विश्व रक्तदाता दिवस समारोह तय गरेको छ ।
विश्व रक्तदाता दिवस हरेक बर्ष १४ जुनका दिन मनाइने गरिन्छ ।
सम्पर्क इमेल : [email protected]