अस्पताल परिसरमा आफनै फार्मेसी सञ्चालन

इटहरी, २६ जेठ । नेपाल सरकारको पछिल्लो स्वास्थ्य सुधार नीतिअन्तर्गत सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पतालले आजदेखि अस्पताल परिसरमा आफ्नै फार्मेसी पसल सञ्चालनमा ल्याएको छ ।

सरकारको स्वास्थ्य नीतिअनुसार जिल्ला अस्पताल सुनसरीले सरकारले तोकेको निःशुल्क औषधिबाहेक चिकित्सकले सिफारिस गरेका औषधि अस्पताल परिसरमा नै बिरामीका आफन्तले सहजरुपमा खरिद गर्न सक्नेगरी फार्मेसी सञ्चालनमा ल्याएको जिल्ला जनस्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले जानकारी दिए ।

रु पाँच लाखको औषधि खरिद गरेर अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसी सेवाको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले आज विधिवत्रुपमा शुभारम्भ गर्दै सेवाग्राहीलाई सहजरुपमा औषधि र उपचार सेवामा पहँुच पु¥याउन सेवा प्रदायकको जिम्मेवारी र दायित्व भएको कुरामा जोड दिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख गौतमले अस्पतालमा आउने सेवाग्राहीको आवश्यकता र चिकित्सकको सिफारिसका आधारमा औषधि थप्दै जाने अस्पतालको नीति रहेको जानकारी गराए।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष रमेश कट्वाल, प्रहरी प्रमुख एवम् अन्य सरकारी निकायका प्रमुख समेतको सहभागिता रहेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *