देउवा सरकारमा को हुँदैछ स्वास्थ्य मन्त्री ?

काठमाडौँ, २५ जेठ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षा मन्त्रालय कांग्रेसको भागमा परेसंगै स्वास्थ्य मन्त्रालय अब माओवादी केन्द्रले पाउने करीव निश्चित जस्तै भएको छ । यद्धपी स्वास्थ्यमा को मन्त्री जाँदैछन् भन्ने अहिलेसम्म टुंगो लागेको छैन् ।

कतिपयले भने बर्तमान सरकारमा कांग्रेस माओवादी बाहेक अरु पार्टीबाट समेत सहभागीता हुने भएकोले स्वास्थ्य फलानो पार्टीको भाग परयो भन्नु पनि हतार हुने बताउछन् ।

तर स्थानीय तहसम्म जोडिएको र मानवीय कुरासंग जोडिएको विषय भएकोले माओवादी केन्द्रले स्वास्थ्य मन्त्रालय नछाड्ने नेताहरुको दावी छ ।

को को छन् माओवादी केन्द्रबाट स्वास्थ्य मन्त्री बन्ने चर्चामा ?

स्वास्थ्य मन्त्रालय माओवादी केन्द्रको भागमा यसपटक पनि पहिलो प्राथमिकतामा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता गिरीराजमणी पोखरेल नै छन् । स्वास्थ्य मन्त्री रहँदा उत्कृष्ठ काम गरी चर्चा कमाएका मन्त्री पोखरेलले एमाले नेतृत्वको सरकारमा शिक्षामन्त्री रहँदासमेत चर्चामा रहे ।

त्यसकारण पनि माओवादी केन्द्रले पोखरेललाई नै स्वास्थ्यमा दोहोरयाउन चाहन्छ । यद्धपी यसपटक उनले देउवा सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्दै जान खोजेकोले स्वास्थ्यमा जान्छन जाँदैनन् भन्ने टुंगो नलागेको स्रोतले बतायो । ‘उहाँ यसपटक उप प्रधानमन्त्री र परराष्ट्रमन्त्री सहित सरकारमा पार्टीको नेतृत्व गर्दै जान चाहनु भएको थियो । अव त्यो सम्भावना रहेन त्यसैले स्वास्थ्यमा जानुहुन्छ कि हुन्न भन्ने हो,’ स्रोतले भन्यो ।

माओवादी केन्द्रबाट स्वास्थ्य मा सहभागीता हुने अर्को सम्भावित नाम हरिबोल गजुरेल हो । एमाले नेतृत्वको सरकारमा कृषिमन्त्री भएका गजुरेललाई पोखरेलको विकल्पको रुपमा अघि सारिएको छ ।

अर्को स्वास्थ्यमा जानसक्ने अर्को सम्भावित नाममा पूर्व मन्त्री अग्नी सापकोटा हुन् । यद्धपी उनको प्राथमिकतामा अहिले उर्जा तथा सहरी विकास मन्त्रालय रहेको बताइन्छ । यद्धपी जनतासंग प्रत्यक्ष जोडिएको मन्त्रालय भएकोले स्वास्थ्य नै पाएपनि पछि नहटने मुडमा सापकोटा देखिएका छन् ।

यी तीन बाहेक हिजो सपथ खाएका विना विभागीय मन्त्री प्रभु साह समेत स्वास्थ्यमा जानसक्ने आकलन गरिएको छ । ‘यो सम्भावना पनि नभएको होइन तर उहाँलाई सकेसम्म कानून मन्त्रालयको जिम्मा लगाउन खोजिएको हो,’ एक नेताले भने ।

कांग्रेसको पनि दावी
शिक्षा र स्वास्थ्यलाई एक एक वटा मन्त्रालयको रुपमा बाँढने सामान्य सहमति भएपनि कांग्रेसले नेतृत्वलाई स्वास्थ्य नछाडन दवाव दिई रहेको छ ।’ शिक्षा अरु मन्त्रालयसंग दाजिन्छ स्वास्थ्यसंग होइन त्यसैले छोडने कुरै छैन ,’ कांग्रेसका एक नेताले बताए ।

यसअघिका स्वास्थ्य मन्त्री गगन थापाले आफूलाई पुन स्वास्थ्यमा दोहोरिन मन लागेको सार्वजनिक गरेका थिए । ‘तर स्वास्थ्य कांग्रेसकै भागमा परयो र कृष्ण सिटौलाकै भागमा परयो भने गगनको सम्भावना कम छ । स्वास्थ्य पाएर सिटौलाकै भागमा परयो भने पनि स्वास्थ्यमा यसपटक गगन होइन भीमसेनदाश प्रधान जानुहुन्छ,’ एक नेताले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *