हरिसिद्धिको नेपाल क्यान्सर हस्पिटल औपचारिक रुपमा सञ्चालनमा

ललितपुर, २० जेठ । हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर औपचारिक रुपमा सञ्चालनमा आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष कार्यक्रमकाबीच शुभारम्भ गरेसंगै हस्पिटल औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले क्यान्सर रोगका कारक तत्वहरुमा ध्यान दिन आम सर्वसाधारणलाई आग्रह गरिन । उनले बदलिँदो जीवनशैली र अस्वस्थ खानपानका कारण क्यान्सरका विरामीको संख्या बढदै गएको भन्दै यसलाई नियन्त्रण गर्न जनचेतनाको खाचो रहेको औल्याइन ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले क्यान्सर उपचारका लागि मात्र नेपालबाट ठूलो धनरासी देशबाहिर गैरहेको समयमा नेपालमै गुणस्तरीय सेवा प्रदान गर्ने अस्पताल खुल्नु राम्रो भएको बताइन्। ‘सरकारी अस्पतालहरुको सेवा विस्तारसँगै निजी तथा सामुदायिक अस्पतालहरुसँग पनि साझेदारी गर्दै गुणस्तरीय वा प्रदान गर्ने संस्थाको विस्तार हुनुपर्छ,’ राष्टपति भण्डारीले भनिन, ‘सरकारले अवदेखि उपचारात्मक सहित रोग लाग्नै नदिने चेतनामुलक कार्यक्रमलाई पनि सँगसँगै लैजानुपर्छ ।’

कार्यक्रममा सहभागी स्वास्थ्य मन्त्री गगन थापाले क्यान्सर रोगको प्रकोप दिनानुदिन बढदै गएको भन्दै यसको नियन्त्रणको लागि मन्त्रालयले केही कार्यक्रमहरु अघि सारेको बताए । उनले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा, किशोरीहरुलाई भ्याक्सिन दिने कार्यक्रम मन्त्रालयले सञ्चालनमा ल्याएको भन्दै निकट भविस्यमै देशव्यापी बनाउने बताए ।

‘यो आर्थिक वर्षमा हामी एक हजार स्वास्थ्य संस्थामा क्यान्सरसहित नसर्ने रोगको परिक्षण सेवा सुरु गरिरहेका छौं,’ उनले भने, ‘यो सेवालाई क्रमश देशभरका सबै स्वास्थ्य संस्थामा विस्तार गर्दै जानेछौँ ।’ उनले क्यान्सर विरुद्धको लडाईमा सरकारको एक्लो प्रयासले सफलता हासिल गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग चाहिने बताए।

उद्योग मन्त्री नविन्द्रराज जोशीले उपचार सेवालाई सबैको पुहँचमा पुर्याउनुपर्ने बताए। उनले रकम अभावमा कोही बिरामी पनि उपचारबाट बञ्चित हुन नहुने कुरामा जोड दिए।

अस्पतालका कार्यकारी अध्यक्ष्य डा. सुदिप श्रेष्ठले ‘क्यान्सर निको हुनसक्छ’ भन्ने मुल नारा लिएर अस्पतालको सेवा अगाडी बढाइरहेको जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा अस्पतालमा ५० शैयाको सेवा सूर गरिएको छ । दोस्रो चरणमा अस्पतालमा एक सय ५० शैयाको नयाँ भवन निर्माण गर्ने लक्ष्य रहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *