घामको एलर्जीले सताएको छ ? यसरी गर्नुहोस् घरेलु उपचार
१. हरेक दिन दुई पटक चिसो पानीले नुहाउनुहोस् ।
२. घामले एलर्जी बनाएको ठाँउमा वा कोतरिएको भागमा आलु पिधेर लगाउनुहोस् ।
३. घिउकुमारीले तपाईँको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ ।त्यसले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् ।
४. काँक्रो पिधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।
५. घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ति लगाउन पनि सकिन्छ ।
६. घाममा निस्कनु अघि सनस्क्रीन लगाउन नभुल्नुस् ।
७. नरम कपडालाई भेनेगारमा डुवाई घामले डढेको छालामा लगाउनुहोस् ।
८. पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।
९. नरम कपडालाई चिसो दुधमा डुवाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ ।
सम्पर्क इमेल : [email protected]