सरकारी अस्पतालमा नर्स भोलेन्टियर ? ‘स्वीकार्य छैन’ : स्वास्थ्य मन्त्री थापा

काठमाडौँ, २ जेठ । स्वास्थ्य मन्त्री गगन थापाले सरकारी अस्पतालमा नर्सलाई भोलेन्टियर रुपमा राख्ने कुरा ग्राहय नहुने बताएका छन् । उनले एक सय भन्दा बढी भोलेन्टियर राखेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरासंग स्पष्टीकरण लिने जानकारी दिएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक सय बढी नर्स भोलेन्टियर रुपमा राखेको भन्दै ध्यानाकर्षण गराउन पुगेका नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक तारा पोखरेल र नेपाल नर्सिङ परिषदका अध्यक्ष प्राध्यापक चन्द्रकला शर्मासंग मन्त्रीले थापाले सो कुरा बताएका हुन् ।

‘पोखराको विषयमा हामी मन्त्रीज्यूको ध्यानकर्षण गराउन पुगेका थियौँ । उहाँले सो विषयलाई गम्भीरतापूर्वक लिनुभयो त्यहाँको बास्तविकता बुझ्न लगाउनुभयो र आवश्यक नै परेको भए विकास समितिबाट तलव खुवाउने गरि व्यवस्थ ागर्न निर्देशन दिनुभयो,’ नर्सिङ संघकी अध्यक्ष प्रा पोखरेलले भनिन् ।

‘स्कुल हेल्थ नर्स तत्काल लागू हुन्छ ‘
आजै भएको नर्सिङ पदाधिकारीसंगको भेटघाटमा स्वास्थ्य मन्त्री थापाले स्कुल हेल्थ नर्स कार्यक्रम तत्काल लागू गर्न आफू क्रियाशिल भएको बताएका छन् । प्राध्यापक पोखरेलले भनिन्, ‘मन्त्री ज्यूको भोली नै निजी विद्यालय संचालनहरुको संस्था प्याव्सन र एनप्याव्सनका पदाधिकारीहरुसंग मिटिङ रहेछ । भोली नै यो कुरा उठाउछु भन्नु भएको छ । सकैसम्म छिटै यो विषयलाई टुंगोमा पुरयाउने आफ्नो चाहना रहेको बताउनुभयो ।’

उनले विद्यालयहरु नविकरण गर्न आउँदा स्कुल हेल्थ नर्स रहेको नरहेको आधारमा नविकरण हुने नहुने व्यवस्था गर्न खोजिएको समेत आफूहरुलाई मन्त्रीले सुनाएको बताइन् ।

समितिको सुझावलाई पुर्न विचार गर्ने
नर्सिङ समस्या समाधानका लागि गठन भएको कार्यदलले दिएको केही सुझावका बारेमा ध्यानाकर्षण गराउन पुगेका नर्सिङ पदाधिकारीसमक्ष मन्त्री थापाले नमिलेका विषय मिलाएर अघि बढन आफू तयार भएको बताएका छन् ।

‘खास गरी नर्सिङ विषय पढाउन अन्य विषयका शिक्षकहरुले समेत पाउने भन्ने प्रावधानलाई हटाउन संघ र परिषदका पदाधिकारीहरुले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्यूले जुन विषय हो त्यहि विषयको विज्ञ हामीसंग छन भने उनैले पढाउनुपर्छ । यसमा दायाँ बायाँ हुँदैन भन्नु भयो,’ पोखरेलले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *