आरक्षणको विरोधमा डीन कार्यालयमा लागेको ताला पाँच बुँदे सहमति पछि खुल्यो

काठमाडौँ, २६ बैशाख । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम) प्रशासनसंग पाँच बुँदे सहमति पछि विद्यार्थीहरुले डीन कार्यालयमा लगाएको ताला एक साता पछि खोलेका छन् ।

पीजी भर्नामा आरक्षण कोटा राखिनु हुन्न भन्ने मुख्य माग सहित महाराजगञ्ज क्याम्पसका विद्यार्थीहरुले १९ बैशाखमा ताला लगाएका थिए । स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा भएको तालाबन्दीलाई आवासीय चिकित्सकहरुको संस्थाले समर्थन गरेको थियो ।

आज भएको सहमतिमा विपन्न महिला र विपन्न आदिवासी जनजातीका लागि गरिएको आरक्षणमा बास्तविक विपन्न बर्गले मात्रै लाभ प्राप्त गर्न सक्ने अवस्थाको सिर्जना गर्न प्राडा इश्वर लोहनी संयोजक रहेको ७ सदस्यीय डकुमेन्ट छानवीन समिति गठन भएको छ ।

सम्झौतामा आइओएमका तर्फबाट डीन प्राडा जगदीश अग्रवाल, क्याम्पस प्रमुख प्राडा रोहित प्रसाद पोखरेल, प्रवेश परीक्षा सञ्चालन समितिका सदस्यसचिव प्राडा संघरत्न बज्राचार्य स्ववियु अध्यक्ष मिलन गैरै र एनआरडीएका अध्यक्ष डा लिजन महर्जनले हस्ताक्षर गरेका छन् ।

सम्झौता यस्तो छ ,

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *