२५ जिल्लामा योगअभ्यास कक्ष निर्माण गरिदै
काठमाडौँ,२१ बैशाख । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक बर्षमा २५ जिल्लामा योगअभ्यास कक्ष निर्माण गर्ने भएको छ । आयुर्वेद विभागले जिल्ला आयुर्वेद कार्यालयमा योगअभ्यास कक्ष निर्माण गर्न लागेको हो ।
‘नसर्ने रोगको जोखिम कम गर्नका लागि र योग अभ्यासलाई बढावा दिनका लागि हामी २५ जिल्लामा यसैबर्ष देखि योगअभ्यास कक्ष निर्माण गर्दैछौँ ,’ विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले भने । उनले जिल्ला स्थित कार्यालयले बनाउने योगअभ्यास कक्षमा हरेक विहान आम सर्वसाधारणलाई निशुल्क रुपमा योग सिकाइन लागिएको बताए ।
‘हामीले २५ जिल्लाका लागि योग कक्ष निर्माणका लागि ८ १० लाखको दरले बजेट समेत पठाएका छौँ । चालु आर्थिक बर्ष भित्र योग कक्ष निर्माण भईसक्छ । त्यसपछि योग अभ्यास सुरु हुन्छ,’ डा उपाध्यायले भने । उनले योग सिकाउनका लागि योग प्रशिक्षक तयार गर्नेकाम समेत संगसंगै अघि बढ्ने जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]