भारतमा अब महिला कर्मचारीलाई ‘गर्भवती विदा’ साढे ६ महिना
नयाँ दिल्ली २९ फागुन । भारतमा अब महिला कर्मचारीले पाउने गर्भवती तथा सुत्केरी विदा दोब्बरले बढेको छ । अब उनीहरुले गर्भवती तथा सुत्केरी हुँदा कम्तीमा साढे ६ महिना (२६ हप्ता ) तलवी विदा पाउनेछन् । यसअघि उनीहरुलाई तीन महिना मात्रै यस्तो विदा दिने गरिन्थ्यो ।
भारतको संसद लोकसभाले महिलाका लागि बनाइएको संसोधित ‘मेटरनिटी बेनिफिट लीव बिल’ यसै साता पास गरेको थियो । सो पास भएसंगै अव कार्यान्वनयमा आउने बताइएको छ ।
गत वर्ष राज्य सभाले सन १९६१ को संसोधित ‘मेटरनिटी लिव विल’लाई पास गरेको थियो । यसपटक लोकसभाबाटै विल पास भएपछि अव यसको तत्काल कार्यान्वनय हुने जानकारहरु बताउछन् ।
सन् १९६१ को मेटरनिटी लीव विलमा बच्चाको देखभाल, भरणपोषणका लागि भन्दै तीन महिना विदा दिने व्यवस्था गरिएको थियो । संसोधित विल पास भएसंगै महिला कर्मचारीले गर्भवती तथा सुत्केरी हुँदा २६ हप्ता अर्थात (साढे ६ महिना) तलवी विदा पाउने छन् ।
त्यस्तै ३ महिनाको शिशु धर्मपुत्रपुत्रीको रुपमा लिने महिलाले पनि तीन महिनासम्म मेटरनीटी लिव पाउने छिन् । त्यस्तै कोही महिला कर्मचारी सेरोगेट मदर बनिन भने पनि उनले तीन महिना ‘मेटरनीटी लिव’पाउनेछिन् ।
तर यो सुविधा सरकारले दुईवटा सन्तान पाँउनेका लागि मात्रै उपलव्ध गराएको स्पष्ट पारेको छ । तेस्रो बच्चाका लागि १२ हप्ताको मात्रै विदाको व्यवस्था गरिएको छ ।त्यस्तै मेटरनिटी लिव सकिए लगत्तै महिलाहरुले घरैबाट काम गर्ने सुविधा वर्क फ्रम होम को समेत व्यवस्था गरिएको छ । त्यस्तै १० भन्दा बढी महिला कर्मचारी राख्ने कार्यालयमा यो सुविधा लागू हुने र यस्तो सुविधा नलिएको खण्डमा स्वयं महिला माथि कारबाही हुने व्यवस्था भएको बताइएको छ ।
त्यसो त भारतमा प्रत्येक बर्ष १८ लाख बढी महिला कर्मचारीहरु गर्भवती तथा सुत्केरी हुने गरेको बताइएको छ । यो संगै भारत महिलाहरुलाई लामो विदा दिने तेस्रो मुलुक बनेको छ । यो भन्दा अघि क्यानडा र नर्वेले यस्तो लामो विदा दिने व्यवस्था लागू गरिसकेका छन् ।
सम्पर्क इमेल : [email protected]