नर्सिङ क्याम्पस महाराजगञ्जमा अखिल प्यानल विजयी
काठमाडौँ, १९ फागुन । हिजो सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नर्सिङ क्याम्पस महाराजगञ्जबाट एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन( अनेरास्ववियु)को प्यानल विजयी भएको छ ।
नर्सिङ क्याम्पसमा अनेरास्ववियुको एकल प्यानल र नेविसंघ तथा अखिल क्रान्तिकारीको संयुक्त प्यानल थियो ।प्राप्त मत परिणाम अनुसार अनेरास्ववियुको तर्फबाट सभापतिकी उम्मेदवार विमला धमला २२० मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिद्धन्दी संयुक्त प्यानलकी समिक्षा सुवेदीले ११४ मत प्राप्त गरेकी थिइन।
यसैगरी सचिव पदमा अनेरास्ववियुकी आँचल रेग्मीले २०५ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिद्धन्दी सुशीला पोखरेलले १२७ मत प्राप्त गरेकी थिइन् ।कोषाध्यक्षमा अनेरास्ववियुकै ऋचा घिमिरे विजयी भएकी छन् ।
सदस्यहरुमा अनेरास्ववियुका अञ्जना न्यौपाने, सविता बराल, पुरुषा केसी, दीक्षा कार्की र राखी बर्मा बिजयी भएका छन् । उता महाराजगञ्ज चिकित्सा क्याम्पसमा अनेरास्ववियुका तर्फबाट उम्मेदवार बनेका संयुक्त प्यानलका मिलन गैरे सभापतिमा बिजयी भएका छन् ।
चिकित्सा र नर्सिङ क्याम्पसमा बाजी मारेपछि अनेरास्ववियुले आज दिउसो तीन बजे संयुक्त विजयी जुलुस मनाउने तयारी गरेको छ ।
सम्पर्क इमेल : [email protected]