स्वयंसेवी रक्तदाता समाजको धनुषा जिल्ला शाखा गठन
जनकपुर १६ फागुन ।रक्तदान प्रति उत्प्रेरणा जगाउँदै हिडेको नेपाल स्वयंसेवी रक्तदाता समाजले धनुषामा जिल्ला शाखा स्थापना गरेको छ ।
सोमबार जिल्ला शाखा गठन गर्न आयोजित भेलामा स्थानीय दुधमती माई युवाक्लव महेन्द्रनगरले सम्मानार्थ रक्तदान कार्यक्रमको समेत अयोजना गरयो । सो अवसरमा ३२ जनाले रक्तदान गरेका थिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले शिबकुमार शाहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नवलकिशोर साह, सचिव रितेस कुमार झा, कोषाध्यक्ष इन्द्रनारायण मण्डल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा राम पुकार यादव , मुकेश यादव , सफरूल कवारी , सुनिल यादव र बसन्त यादव रहेका छन् ।
धनुषा जिल्ला कार्य समितिको सल्लाहकारमा चिकित्सा प्रयोगशाला बिज्ञान संघ नेपालका अध्यक्ष बिनोद कुमार यादव रहेका छन् । सोमबारको कार्यक्रम संयोजन धनुषा जिल्ला सदस्य स्वयंसेवी रक्तदाता शिव कुमार साहले गरेका थिए ।
सम्पर्क इमेल : [email protected]