‘गर्भवती हुँदा यी चिज खानुस् जन्मने बच्चाको दाँत स्वस्थ रहन्छ’
गर्भावस्थामा आमाले सेवन गरेको खानेकुराले बच्चालाई प्रत्यक्ष या अप्रत्यक्ष प्रभाव पार्दछ । त्यसैले यस्तो अवस्थामा खानपिनमा विशेष ध्यान दिनुपर्दछ ।
त्यसो त सबै पौष्टिक खानेकुराहरुको आ आफ्नो महत्व हुन्छ र सबै खानेकुराले शरीरको कुनै न कुनै भागको विकासमा मद्धत पुर्याउँछन्।
दाँत स्वस्थ राख्नको लागि र राम्रो बिकासको लागि कस्ता खानेकुरा आवश्यक हुन्छ भनेर हामीमध्य कतिपयलाई थाह नहुन पनि सक्छ ।
तल उल्लेखित खानाको सेवनले बच्चाको दाँतको विकासमा र दाँत स्वस्थ राख्न मद्दत गर्दछन् :
१. क्यालसियम र फसफोरसको सेवन :
शिशु गर्भमा रहेको चौथो महिनामा दाँत र हाडको विकासको लागि क्यालसियम र फसफोरसको आवश्यकता पर्छ र यो आमाले खाएको खानाबाट प्राप्त हुने भएकाले गर्भवती महिलाले खानामा यी खनिज पद्दार्थको सेवन गर्नु आवश्यक मानिन्छ।दुध र दुधबाट बनेका खाद्यपदार्थ जस्तै चिज, दहि, हरियोसागपात र गेडागुडी क्यालसियम र फसफोरसका स्रोत हुन्।
२.फोलिक एसिडको सेवन :
फोलिक एसिड एक भिटामिन हो जसको कमीले शिशुहरुमा ओठ र तालुखुँडे हुने समस्या आउँन सक्छ।त्यसैले गर्भावस्थामा हरियो सागपात, दाल, ब्रोकाउली गोलभेँडा सेवन गर्नाले यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ।
३. भिटामिन ए सेवनः
यसले बच्चामा दाँतको विकास मा मद्दत पुर्याउँछ। त्यसैले गर्भवती महिलाले भिटामिन ए को सेवन गर्नु आवश्यक मानिन्छ। यसका स्रोतहरु गाजर, अन्डा, दुध, कलेजो, पाकेको फर्सि र पहेँलो फलफुल हुन्।
४ भिटामिन सी सेवन:
गर्भवती महिलाले भिटामिन सि सेवन गरेमा बच्चाहरुको दाँत बलियो हुन मद्दत गर्छ। स्रोतहरु ब्रोकाउली, गोलभेँडा, स्ट्रबेरि आदिहुन्।
५. प्रोटीनको सेवन:
प्रोटीन हाम्रो शरीरको लागि प्रसस्त मात्रामा चाहिन्छ। बच्चाको दाँत बनाउन यसले ठुलो भुमिका खेल्दछ।यसको सहायताले क्यालसियम र फसफोरसले दाँतको इनामेल बनाउँछ त्यसैले गर्भवति आमाले प्रोटीनको सेवन गर्न जरुरीछ।यसका स्रोतहरु माछा, मासु र डेरीका पदार्थहरु हुन्।
६. भिटामिन डी सेवनः
भिटामिन डी ले क्यालसियम र फसफरसलाई सोस्न र शरिरमा रहिरहन मदत गर्दछ, जुन तत्वहरु दाँत बन्नको लागि अति आवश्यक हुन्छन् । स्रोतहरु माछा, कलेजो, अण्डा, च्याउ, चिज, दुध आदि हुन् ।
७. जोखिमपुर्ण बानीहरु त्याग्ने :
धुम्रपान र मध्यपान त्याग्ने।साना बालबालिकाहरु धुम्रपान गर्ने आमाको नाजिक रहेमा असरबढि हुने र शिशुहरुलाइ खोकिलाग्ने, निमोनिया,दम र छातीका समस्याहरु आउन सक्छन्। धुम्रपान र मध्यपानको सठ्ठा पौस्टिक आहारको सेवन गर्नाले दाँत मात्र नभएर सम्पुर्ण स्वास्थ्य स्वस्थ रहन्छ।
- डा. खनाल कान्तिपुर डेन्टल कलेजमा स्नानकोत्तर गर्दैछिन्
सम्पर्क इमेल : [email protected]