यी हुन् कपाल लामो र सुन्दर बनाउने तरिका
स्याम्पु र कन्डिसनर : हामी कपाल बढ्नु–घट्नुमा सधैँ प्राकृतिक गुण नै हो भन्छौँ । तर, कहिलेकाहीँ हामीले प्रयोग गर्ने स्याम्पु र कन्डिसनरको कारणले पनि समस्या हुन्छ । त्यसैले स्याम्पु र कन्डिसनिङको महत्व बुझेर मात्र यसको प्रयोग गर्नुहोस् । तपाईंले प्रयोग गरेको स्याम्पु र कन्डिसनरले कपाल झरेको छ भने तुरुन्तै परिवर्तन गर्नुहोस् ।
कैँचीको बारम्बार प्रयोग : बारम्बार काँटछाँट गर्दा पनि कपाल निकै लामो बन्छ । कपाल बिग्रियो, भाँचियो भने लामो हुँदैन । तसर्थ, कपाललाई एउटै सेपमा कोर्नुहोस् र नियमित काँटछाँट गर्नुहोस् ।
जीवनशैली : धुम्रपान, अत्यधिक मदिरा सेवन, मोटोपन र अन्य जीवनशैलीले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ । जसका कारण तपाईंको कपाल झर्नसक्छ । यसबाट बच्न नियमित व्यायाम गर्नुहोस् र तपाईंको दिमाग तनावरहित बनाउनुहोस् ।
गम्छाले नबेर्नुहोस् : नुहाइसकेपछि गम्छाले कपाललाई कहिल्यै पनि नबेर्नुहोला । गम्छाले कपाल बेर्दा कपाल चुँडिने र जरा कमजोर हुने गर्छ । कतिपय महिलाले आफ्नो लामो कपाललाई गम्छालगायतका कपडाले बाँधेर निर्चोने गरेको पाइन्छ । तर, यसले कपाललाई निकै हानि गर्छ । तसर्थ, नुहाइसकेपछि कपाललाई हल्का छोडिदिनुहोस् र स्वाभाविक रूपमा सुक्न दिनुहोस् ।
तातो पानी प्रयोग नगर्नुहोस् : मनतातो पानी कपाल पखाल्न उपयुक्त हुन्छ । यसले कपालको चाया निको पार्छ । मनतातो पानीले कपालको छाला सफा बनाइदिने भएकाले नुहाएपछि पनि तेल, कपालको टोनिक, कन्डिसनरलगायत चिजहरू कापलको जरासम्म पुग्न पाउँछ । मनतातो पानी र साबुनले कपाल सफा गरेपछि चायाबाट बच्न अन्तिममा चिसो पानी प्रयोग गर्नुपर्छ । तातो पानीले कपालको आधारभूत चिल्लो र पोषणलाई फाल्नुका साथै कपाल सुक्खा बनाइदिन्छ ।
सम्पर्क इमेल : [email protected]