स्वास्थ्य मन्त्रालयद्धारा मापदण्डमा छुटेका विषय संवोधन गर्न समिति गठन
काठमाडौँ, ४ पुस – स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरउन्नती मापदण्डमा छुटेका विषय समेटने गरी सुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रालयका जनस्वास्थ्य प्रशासन, अनुगमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंहको अध्यक्षतामा आइतबार तीन सदस्य समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा होमियोपेथि चिकित्सक डा सवरी साह र नर्सिङ अधिकृत कल्पना सुब्बा रहेका छन् ।
सो समितिलाई स्वास्थ्य संस्था स्थापना मापदण्ड सञ्चालन तथा स्तरउन्नती मापदण्ड सम्वन्धी निर्देशिका २०७० मा संसोधन गर्नुपर्ने विषयहरु सुझाव पेश गर्न कार्यादेश दिइएको छ ।
अहिलेको मापदण्डमा डेन्टल, आँखा, रेडियोलोजी, होमियोपेथी, नर्सिङ विषय समेटन नसकिएको सरोकारवालाहरुले बताउँदै आएका छन् ।
सम्पर्क इमेल : [email protected]