मिर्गौलापीडितको उपचारका लागि कोरिया बस्ने नेपालीको सहयोग
म्याग्दी, २७ मंसिर । मिर्गौला रोगबाट ग्रसित म्याग्दीको विम गाविस–९ का ३३ वर्षीय कुमार पुनको उपचारका म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना, कोरिया) ले तीन लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ ।
(मोना)आइसीका सहकोषाध्यक्ष ओमनारायण जुग्जालीको संयोजनमा सङ्कलन भएको सो रकम मिर्गौला पीडित पुनलाई संयोजनकर्ता जुग्जालीले शनिबार हस्तान्तरण गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित भएका पुनको उपचारमा कुनै कमी हुन नदिन विमबाट विश्वभर रहेका विमवासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरेका थिए ।
अभियानकै क्रममा मोना आइसी (कोरिया)का सह–कोषाध्यक्ष जुग्जालीसहितको टोली सामाजिक सञ्जाल फेसबुकबाट कुमार बचाऊँ अभियान सञ्चालन गरेका थिए । सो अभियानबाट ३६ लाख ३६ हजार कोरियन ओन अर्थान नेपाली रु तीन लाख ७० हजार सङ्कलन भएको जुग्जालीले बताए ।
सहयोग रकम बु्झ्दै मिर्गौलापीडित पुनले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्थामा स्वदेश तथा विदेशमा रहेका विमवासीका साथै नेपालीले गरेको सहयोगबाट आफूले पुर्नजन्म पाएको अनुभूति भएको बताए ।
त्यसो त विरामीको पुनका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत अभियान सञ्चालन गरेको थियो । रासस
सम्पर्क इमेल : [email protected]