दुईवटा कुरा नमिलेको भन्दै त्रिविले अड्कायो मापदण्ड, बार्ता स्थगित

tuकाठमाडौँ, १६ मंसिर – डीन हुनका लागि कम्तीमा दुई बर्ष कार्यकाल हुनुपर्ने र सर्च कमिटीको संयोजक भूतपूर्व डीन हुनुपर्ने भन्ने नयाँ मापदण्डको वुँदामा त्रिवि पदाधिकारी सहमत नभएपछि आजको बार्ता निस्कर्ष विहीन बनेको छ ।

डीन नियुक्ति विवाद सधैका लागि अन्त्य हुने गरी एउटा निश्चित मापदण्ड तोक्न सरकारको निर्देशनमा त्रिविले प्राडा रमेशकान्त अधिकारीको संयोजकत्व समिति गठन गरेको थियो । सो समितिले आजै मात्रै मस्यौदा त्रिविलाई बुझाएको थियो ।

उक्त मस्यौदालाई आजै स्वीकृत गरेपछि डा प्राडा गोविन्द केसीले अनसन तोडने र डीन बनेका प्राडा केपी सिंहले समेत राजिनामा दिने मध्यमार्गी उपाय खोजिएको थियो । तर त्रिविका अधिकारीहरुले मापदण्डको दुई वटा प्रावधानमा आपत्ती जनाएपछि आजको सम्भावना टरेको थियो ।

स्रोतका अनुसार त्रिवि पदाधिकारीले चार बर्षे डीन पदमा योग्य हुनका लागि कम्तीमा दुई बर्ष भनेर किन राखियो ? कि चार बर्षे हुनुपर्छ कि त अवधी तोक्नु हुँदैन भनेर तर्क गरेका थिए । सो विषयमा एकमत नभएपछि थप छलफल गरेर मात्रै स्वीकृत बताएका थिए ।

उता योजना अनुसार कुरा नमिलेपछि यता बार्ताले समेत गति नलिएको बार्तामा सहभागी एक सदस्यले बताए ।

स्रोतका अनुसार नयाँ मापदण्डमा बरिष्ठता, सामाजिक रुपमा स्वच्छ छवि, शैक्षिक उच्चता (एकेडेमिक एक्सेलेन्स), संस्थाप्रति लगाव, व्यवस्थापकिय क्षमता हुनुपर्ने लगायतका विषय राखिएका छन् ।

यता त्रिविले मापदण्ड स्वीकृत गर्न आलटाल गरेपछि अनसनरत डा. केसी र उनका समर्थक आक्रोशित भएका छन् । डा. केसीले सरकार भुलाउने र गलाउने रणनीतिमा रहेको भन्दै यस्तै अवस्था रहे बार्ता भंग हुने चेतावनी दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *