औषधी तथा स्वास्थ्य सामग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सन्दर्भमा विभागका कर्मचारीले दिए सुझाव
काठमाडौँ, १३ बैशाख । औषधी तथा स्वास्थ्य सामग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सन्दर्भमा औषधी व्यवस्था विभागका कर्मचारीहरुले आफ्ना राय तथा सुझाव सरकार समक्ष पेश गरेको छ ।
विभागको तर्फबाट तयार पारिएको सुझाव शुक्रबार बरिष्ठ औषधी व्यवस्थापक शिवानी खड्गीको नेतृत्वमा गएको कर्मचारीहरुको टोलीले स्वास्थ्य सचिवद्धय हरिप्रसाद मैनाली र डा विकास देवकोटालाई छुट्टा छुट्टै भेट गरि पेश गरेको छ ।
गत २८ चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै प्रमुख विधेयकका सम्वन्धमा सरोकारा पक्षसंग सुझाव माग गरेको थियो । सोही निर्णय अनुसार आफूहरुले विधेयकको सम्वन्धमा सुझाव पेश गरेको खड्गीले बताईन् ।
नेपालको औषधी क्षेत्र अहिलेसम्म औषधी ऐन २०३५ बाट चलेको छ । सरकारले यसपटक यो ऐनलाई संसोधन गर्ने योजनामा लागेको छ ।
स्वास्थ्य सचिव डा देवकोटाले विधेयकको सम्वन्धमा विभिन्न सरोकारवाला पक्षबाट सुझावहरु आउने क्रम जारी रहेको भन्दै सुझावहरुलाई अध्ययन् गरी आवश्यक संसोधन सहित विधेयक पेश हुने बताए ।
उनले शुक्रबार मात्रै विधेयकका सम्वन्धमा विभिन्न छ वटा समूह तथा संस्थाबाट सुझाव प्राप्त भएको बताए ।
सम्पर्क इमेल : [email protected]