बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

 

काठमाडौँ, ७ बैशाख । हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै छ । हिजो र आज गरी देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने सरकारको लक्ष्य छ ।

स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।

एकदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ । बालबालिकालाई बालभिटा खुवाइनेछ । बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने बताइएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।

प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *