चिकित्सा शिक्षा आयोगको १८ औँ पूर्ण बैठक आज बस्दै

१० चैतमा बुझाएको ज्ञापन पत्रको विषयमा छलफल हुँदै

काठमाडौँ, ३ बैशाख । निर्वाह भत्ता लगायतका विषयमा आवासीय चिकित्सक र निजी मेडिकल कलेज सञ्चालकहरु आ आफ्नै अडानमा रहेका बेला चिकित्सा शिक्षा आयोगको आज १८ औ पूर्ण बैठक बस्दैछ ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक अहिले विहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दैछ ।

आयोगले आफ्ना सदस्यहरुलाई पठाएको बैठकको कार्यसूचीमा एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजेज अफ नेपालबाट गत १० चैतमा प्राप्त ज्ञापन पत्रको विषयमा छलफल हुने उल्लेख छ ।

पीजी तहमा अध्ययन्रत चिकित्साशास्त्रका विद्यार्थीहरुले निर्वाह भत्ता नेपाल सरकारको अधिकृतको तलव सरह उपलव्ध गराउनु पर्ने भन्दै आएका छन् । निजी मेडिकल तथा डेन्टल कलेजहरुले भने यथास्थितिमा सो अनुसारको निर्वाह भत्ता उपलव्ध गराउन नसक्ने बताउँदै आएका छन् ।

यसअघि २५ माघमा बसेको आयोगको १६ औँ बैठकले पीजी तहमा अध्ययन्रत विद्यार्थीहरुलाई निर्वाह भत्ता अधिकृतसरहको तोक्ने निर्णय गरेको थियो ।

निजी मेडिकल कलेजहरुले त्यसपछि आयोग समक्ष ज्ञापन पत्र बुझाएका थिए ।

त्यसबीचमा आयोगले निजी मेडिकल कलेजहरुहरुको सिट घटाएर पीजीको सिट सार्वजनिक गरेपछि विरोध थप चर्किएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *