नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अवार्ड १४ जनालाई

हेल्थ जर्नालिस्ट अवार्ड स्वास्थ्य पत्रकार सुनारलाई, डा. बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ, ३१ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने १४ जनालाई विभिन्न अवार्डद्धारा सम्मान गरेको छ ।

परिषद्ले आफ्नो ३४ औँ बार्षिकोत्सवको अवसरमा आयोजित स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औँ शिखर सम्मेलनको अन्तिम दिन शनिबार उनीहरुलाई विभिन्न अवार्डद्धारा सम्मान गरेको हो ।

परिषद्का अनुसार यसवर्षको हेल्थ जर्नालिष्ट अवार्ड स्वास्थ्य पत्रकार पवित्रा सुनारलाई प्रदान गरिएको छ । नागरिक दैनिकमा कार्यरत उनी स्वास्थ्य पत्रकार मञ्च नेपालको सदस्य समेत हुन् ।

यस्तै मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट (एमएसएमटी) ओरेसन अवार्ड डा आनन्दबल्लभ जोशीलाई दिइएको छ। डा जोशीले त्रिवि आईओएम ३० वर्ष भन्दा बढी अध्यापन गरेका छन् । विश्व स्वास्थ्य संगठन जस्ता संस्थामा काम गर्दै सन् १९८२ मा स्वास्थ्य अनुसन्धान समितिको स्थापना हुँदा देखि अनुसन्धान परिषद्मा संलग्न भएका उनी जेएनएचआरसीका पहिलो सम्पादक समेत हुन् ।
यसैगरी हेल्थ रिसर्चर लाइफटाइम अचिभमेन्ट अवार्ड-२०२४ बाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा डा बुद्ध बस्नेत सम्मानित भएका छन्। हाई अल्टिच्युट मेडिसिनमा अनुसन्धान गरेका डा बस्नेत अक्सफोर्ड विश्वविद्यालय क्लिनिकल अनुसन्धान इकाई- नेपालका निर्देशक समेत रहेका छन्।

जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल (जेएनएचआरसी) सर्वश्रेष्ठ अनुसन्धान पत्र पुरस्कार-२०२४ गत वर्ष प्रकाशित चार अंकका १ सय २२ लेखबाट दिलिप कुमार यादव, गिरिजा शंकर शुक्ला, निना गुप्ता, नविन श्रेष्ठ, जितेन्द्र कुमार सिंह, हरि काफ्ले, प्रतिमा यादव, दिपेन्द्र कुमार यादवको अनुसन्धान आर्टिकलले पाएको छ।

स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार-२०२४ बाट पाटन एकेडेमी अफ हेल्थ साइन्सका एसिस्टेन्ट प्रोफेसर डा पवन शर्मालाई प्रदान गरिएको छ। मनोचिकित्सक डा शर्माले १ सय ५० भन्दा बढी अनुसन्धान पेपर प्रकाशन गरिसकेका छन्।

युवा हेल्थ रिसर्च अवार्ड त्रिवि शिक्षण अस्पतालका डा संगम शाहले पाएका छन्। डा साहले १ सय १० भन्दा बढी विभिन्न रोग सम्बन्धी अनुसन्धान पेपर प्रकाशन गरिसकेका छन्।

मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सा डाक्टर)-(२०२४ बाट त्रिवि शिक्षण अस्पतालका क्लिकल फर्माकोलिजीका एसोसियट प्रोफेसर डा राकेश घिमिरेले पाएका छन्।

मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (एनएचआरसी कर्मचारी)- २०२४ बाट सुदिप पौडेलले पाएका छन्।  पौडेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद २०६९ चैत्र १ गते देखि वरिष्ठ प्रकाशन सहायकको रूपमा काम गरिरहेका छन्।

रिसर्च एसिस्टेन्ट, रिसर्च इथिक्स शाखा तथा पब्लिकेसन शाखामा कार्यअनुभव प्राप्त गरेका पौडेलका अन्तराष्ट्रिय जर्नलमा ४ वटा बैज्ञानिक लेख प्रकाशित भईसकेका छन्।

गोपाल प्रसाद आचार्य स्वास्थ्य अनुसन्धान पुरस्कारबाट विराट मेडिकल कलेजका विद्यार्थी डा सजन अहमद खानले पाएका छन्। यो पुरस्कार २५ वर्ष भन्दा कमका युवा अनुसन्धानकर्तालाई प्रदान गरिन्छ।

त्यसैगरी वेस्ट रिसर्च पेपर अवार्ड-२०२४(ओरल) तर्फ सुस्मिता नेपाल पुरस्कृत भइकी छन् भने वेस्ट रिसर्च पेपर अवार्ड(२०२४९पोस्टर० तर्फ तृष्णा राईले पाएकी छन्।

एनएचआरसी वेस्ट प्रफर्मर अवार्डबाट इनएचआरसीका एडमिन अफिसर सरस्वती प्रसाद भट्टराईले पाएका छन् भने एनएचआरसी वेस्ट सेक्सन अवार्ड -२०२४ बाट हेल्थ रिसर्च सेक्सनले पाएको छ।

एनएचआरसी दीर्घ सेवा पदकबाट २५ वर्ष भन्दा बढीकाम गरेका असिस्टेन्स अकाउन्ट अफिसर पोकलाल घिसिङ र सवारी चालक लाल बहादुर घिसिङले पाएका छन्।

उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, परिषद्का कार्यकारी सदस्यसचिव डा प्रमोद जोशी लगायतले अवार्ड वितरण गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *