भरपर्दो आयुर्वेदिक औषधि बिरेनुन
गाउँघरतिर कतिपयस्थानमा पेट दुख्दा दुख्दा बिरेनुन चुस्न दिने चलन छ । अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरेनुनसहितको पानी बनाएर औषधिका रूपमा पिउन दिने गरिन्छ ।
परम्परादेखि घरेलु ओखतीको रूपमा प्रयोग हुँदै आएको बिरेनुनमा वैज्ञानिकहरूले दर्जनौँ रोगविरुद्ध लड्नसक्ने क्षमता रहेको बताएका छन् । अनुसन्धानले पनि विभिन्न थरीका रोग निको पार्ने बिरेनुन सबैभन्दा उत्तम नुन साबित भएको छ ।
प्राचीन कालदेखि नै मानव सभ्यतामा बिरेनुनलाई अति मूल्यवान् मानिँदै आएको छ । त्यसैलाई आधार मानेर हुनसक्छ, कतिपय खानेकुरामा यो नुनको प्रयोग आजभोलि पनि गर्ने गरिन्छ ।
त्यसो त बिरेनुनको फरक स्वादका कारणले पनि पारखीहरू धेरै देखिन्छन् । चनाचटपटे, पानीपुरी, समोसाको अचारलगायतका चटपटे स्वादका खानेकुरामा यसको मिश्रणकै कारण मानिसहरू लोभिन्छन् ।
यस्ता छन् बिरेनुनका फाइदा :
- सजिलै शरीरमा समायोजन हुनसक्ने भएकाले यसले डिहाइड्रेसनबाट बचाउँछ ।
- शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै स्फूर्ति ल्याउन भूमिका खेल्छ ।
- यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
- शरीरमा एसिड तथा फोस्फोरसको मात्रालाई सन्तुलनमा ल्याउँछ ।
- नियमित रूपमा यो नुन प्रयोग गर्नाले छाला चाउरिन पाउँदैन । साथै, छालामा दुःख दिने खटिरा तथा डन्डिफोर पनि आउन दिँदैन ।
- श्वासप्रश्वाससम्बन्धी समस्या हुनेलाई बिरेनुनको प्रयोग अति लाभदायक हुन्छ ।
- टाउकोको कोषिकालाई पुनर्जीवित बनाउनुका साथै एकाग्रतामा सुधार ल्याउँछ ।
- बढ्दो उमेरका केटाकेटीलाई यसले हड्डी बलियो बनाउन मद्दत पु¥याउँछ ।
- रगतमा चिनीको मात्रा पूरा गर्नुका साथै शरीरमा चिनीरोगको विकास हुन दिँदैन ।यसका साथै यसले मीठो निन्द्रा दिन्छ ।
- मांसपेशीलाई बलियो बनाउँछ ।
- पिनास, घाँटी दुखेको तथा दम रोगमा यसको धुलो सुँघेमा रोग निको हुन्छ ।
- रक्तसञ्चारमा सुधार ल्याउनुका साथै रगतलाई प्रदूषित हुनबाट जोगाउँछ ।
- यसले रगतलाई सफा पार्नुका साथै शरीरमा विषादी प्रवेश गर्न दिँदैन ।
- यसले कलेजो तथा मिर्गौलालाई बलियो बनाउँछ ।
- शरीरको सम्पूर्ण शक्ति, मुड तथा सकारात्मक विचारको विकासमा यसको देन प्रशंसनीय छ ।
- छालाको समस्या निवारण गर्न ।
- सानातिना किरा तथा लामखुट्टेले टोकेको, घाउ तथा चोटपटक लागेमा निको बनाउन ।
- अपरेसन पछिका घाउ निको पार्न ।
- छाला चिलाएको तथा एलर्जी भएमा ।
- पाठेघरसम्बन्धी समस्या समाधान गर्न ।
- जोर्नीजन्य समस्या तथा शरीर सुन्निएकोमा ।
सम्पर्क इमेल : [email protected]