स्वास्थ्य बीमा कार्यक्रमको अवस्था कस्तो छ ? बोर्डले जारी गर्यो ४५ बुँदे श्वेतपत्र
काठमाडौँ, २४ चैत । स्वास्थ्य बीमा बोर्डले श्वेतपत्र जारी गरेको छ। दशौँ वर्षमा प्रवेश गर्न लागेको पूर्व सन्ध्यामा बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा कार्यक्रमको सम्बन्धमा श्वेतपत्र जारी गरेको हो।
बोर्डले जारी गरेको श्वेतपत्रमा विभिन्न ४५ वटा बुँदा रहेका छन्। जसमा बीमाको वर्तमान अवस्था, सेवाको फैलावट, पृष्ठभुमी, सेवा लिनेको विवरण, समान प्रकृतिका कार्यक्रम, भावी लक्ष्य लगायतका विषयहरु रहेका छन्।
श्वेतपत्र जारी गर्दै बोर्डका कार्यकारी निर्देशक डा. रुघुराज काफ्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गर्ने योजनामा अघि बढी सकेको भन्दै यसमा सबैको साथ आवश्यक रहेको बताए । वर्तमान अवस्थामा स्वास्थ्य बीमा कार्यक्रमले २२० प्रतिशत मेडिकल घाटा व्यहोरिरहेको भन्दै त्यसलाई सुधार गरी दिगो रुपमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए ।
बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले ऐनले गरेको कुरालाई व्यवस्थित गर्ने दिशामा लागैको भन्दै स्वास्थ्यमा छरिएर रहेको कार्यक्रमहरुलाई पनि स्वास्थ्य बीमा मार्फत एकीकृत गरेर लैजाने प्रयास भएको बताए ।
यस्तो छ श्वेतपत्र
सम्पर्क इमेल : [email protected]