राजावादी समूहद्धारा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी, पार्किङ गरिएका ६ वटा गाडीमा आगजनी
काठमाडौँ, १५ चैत । राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी गरेका छन् । ‘सन्चो’ सहितका औषधि बनाउने कम्पनीको कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् ।
कार्यालय परिसरमा रहेका ६ वटा भन्दा बढी गाडीहरूमा समेत उनीहरूले आगजनी गरेका छन् ।
कम्पनीकी महाप्रबन्धक उषा रिजालले कार्यालय भवन र गाडीमा आगजनी भएको बताइन् । समयमै दमकल नआए गोदाम र मुख्य भवनमा पनि आगो सल्किने उनले बताइन् ।
तीनकुने क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेपछि राजावादी प्रदर्शनकारी जडीबुटी कम्पनीमा आगजनी गर्न पुगेका हुन् ।
आजै तीनकुने क्षेत्रमा समेत प्रदर्शनकारीहरूले घरमा आगजनी गरेका थिए । त्यस्तै कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा समेत उनीहरूले लुटपाट मच्चाएका थिए ।
सम्पर्क इमेल : [email protected]