तपाईँलाई थाहा छ ? धूमपानको असर हड्डीमा पनि हुन्छ

– डा. गौरबराज ढकाल, बरिष्ठ स्पाइन सर्जन

धूमपानका असरबारे कुुरा गर्दा जहिले पनि मुटु, क्यान्सर, मधुमेह, सीओपीडी लगायतका रोगहरुको उदाहरण दिईन्छ । अर्थात यी रोगहरु प्राथमिकतामा पर्ने गरेका छन् ।

तर,  तपाईँलाई थाहा छ ? धूमपानको उत्तिकै असर हाम्रो हड्डीमा पनि हुने गर्दछ ।

त्यसैले यदि कसैले चुरोट पिउँछ र स्पाइनको शल्यक्रिया गर्नु छ भने चिकित्सकले कम्तिमा छ हप्ता अघि बाट चुरोट पिउन बन्द गर्न निर्देशन दिने गर्दछन् ।

कुनै दुर्घटनामा परेका केशहरुमा त इमरजेन्सी भयो त्यसबेला त गरि नै हाल्नु पर्छ । तर पालो लिएर गरिने शल्यक्रियाका लागि बिरामीलाई कडाईका साथ धूमपान त्याग्न आग्रह गर्दछौँ ।

शल्यक्रिया गर्नु अघि कम्तिमा ६ हप्ता अघि देखि धूमपान रोक्नै पर्छ भन्ने गर्दछौँ ।

किनभने चरोट सेवन गर्ने व्यक्तिको शल्यक्रिया गर्दा अरु नर्मल बिरामीको भन्दा घाउँ पाक्ने सम्भावना २-३ गुणाले बढी हुने सम्भावना हुन्छ ।

यसले बिरामी छिटो निको हुने सम्भावनालाई पनि घटाउँछ ।

कसरी ?

धुमपानले हड्डीमा हुने रक्त प्रवाहलाई बिगार्छ । रगत प्रवाह यथोचित नहुँदा हड्डी निको पार्न आवश्यक पोषक तत्व र अक्सिजन मात्रा घट्छ। धूम्रपान छोड्दा यी प्रक्रियाहरू बढाउन सक्छ, जसले गर्दा फ्र्याक्चर भएका वा शल्यक्रिया पछि हड्डी रोगमा आउने सुधार बढी हुन्छ ।

अध्ययनहरूका अनुसार धुमपान गर्नेहरूमा नगर्नेहरुको तुलनामा हड्डीहरू कम प्रभावकारी रूपमा निको हुन्छन्, जसले गर्दा उनीहरूलाई पुनस् चोटपटक लाग्ने सम्भावना बढी हुन्छ। त्यसैले धूमपान छोड्नु एकदमै आवश्यक र गतिलो निर्णय हो । स्वस्थ हड्डी बनाउनका लागि चालिने प्रभावकारी कदम हो । जसले भविष्यमा लाग्न सक्ने चोटपटकको सम्भावना कम हुन्छ ।

अर्को कुरा धूमपानले हड्डी कमजोर बनाउँछ । हड्डी कमजोर हुने वित्तिकै ढाड दुख्ने कम्मर दुख्ने जीउ दुख्ने लगायतका समस्या देखिन सक्छ । कहिलेकाँही हड्डी धेरै कमजोर हुँदा भाँचिन पनि सक्छ ।

सुर्तीजन्य पदार्थले मेरुदण्डमा प्रत्यक्ष असर गर्दछ । गर्धन र ढाड दुख्ने समस्या बढाउनमा यसको प्रमुख भूमिका रहन्छ ।
त्यसैले हड्डीको रोग निको पार्नमा अवरोध संगै हड्डीको स्वास्थ्यमा समेत समस्या पुराउँछ ।  त्यसैले आजै देखि धूमपान त्यागौँ ।

त्यसो त धूमपान छोड्दा धेरै फाइदाहरू छन्, जसमा अघि माथि उल्लेख गरे झैँ, मुटु, फोक्सो, मिर्गौलासहितका अंगहरु जोगाउन मद्धत मिल्छ । मुटुरोग, सीओपीडी, क्यान्सर, मधुमेह जस्ता दीर्घ रोगहरु लाग्ने सम्भावना पनि कम हुन्छ । यस्तै मानसिक स्वास्थ्यमा पनि यसले सुधार ल्याउँछ । यौन तथा प्रजनन् स्वास्थ्यमा पनि यसले धेरै नै सुधार गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *