सर्बोच्चद्धारा स्वास्थ्य सचिव नियुक्ति सम्बन्धि निर्णय फाइल झिकाउने आदेश
काठमाडौँ, ८ चैत । सर्बोच्च अदालतले भर्खरै भएको नयाँ स्वास्थ्य सचिव नियुक्ति प्रक्रिया सम्वन्धी निर्णय फाइल झिकाउने आदेश जारी गरेको छ । सरकारी निर्णयबिरुद्ध सर्बोच्च अदालत गएकी अतिरिक्त स्वास्थ्य सचिव डा संगीता कौशल मिश्राको रिटमा आज सुनुवाई गर्दै यस्तो आदेश जारी गरेको हो ।
गत २१ मा बसेको मन्त्रिपरिषद्को बैठकले डा विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
डा मिश्राले सो निर्णय कार्यान्वयन नगर्न नगराउन भन्दै १ चैतमा सर्बोच्च अदालतमा रिट दायर गरेकी थिईन । सो रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ, स्वास्थ्य मन्त्री, बढुवा समिति र नयाँ स्वास्थ्य सचिव डा विकास देवकोटालाई विपक्षी बनाएकी छन् ।
सो रिटमा गत ३ चैतमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालले सरकारका नाममा कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न आजका लागि पेशी तोकेका थिए । सोही मुद्धामा आज भएको सुनुवाईमा न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र महशे शर्मा पौडेलले निर्णय फाइल झिकाउने आदेश दिएका हुन् ।
सर्बोच्चका उप रजिष्टार निराजन पाण्डेले सचिव नियुक्त सम्बन्धी सबै फाइल ल्याएर थप अध्ययन गर्ने आदेश जारी भएको बताए ।
यो आदेशले मुद्धा थप लम्बिएको छ ।
सम्पर्क इमेल : [email protected]