आयुर्वेद क्याम्पसमा नेविसंघको प्यानल नै विजयी
काठमाडौँ , ५ चैत । आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको छ ।
नेवि संघको तर्फबाट अध्यक्षमा उम्मेद्धार बनेका निशान अर्याल नेतृत्वको प्यानलले तीन दलीय गठबन्धनका विद्यार्थी संगठनहरु अनेरास्ववीयु, अनेरास्ववीयू क्रान्तिकारी, अनेरास्ववीयूलाई पराजित गरेको छ । निर्वाचनमा नेविसंघ र तीन संगठनको गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो ।
कुल खसेको मत १७८ मध्ये नेविसंघका निशान अर्यालले ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत प्राप्त गरेका छन् भने १ मत बदर भएको थियो।
नेविसंघको तर्फबाट सचिवमा सागर पंगेनी, कोषाध्यक्षमा विक्रम भुजेल तथा सदस्यमा अनु मण्डल, राम भण्डारी र याङजी गौडेल निर्वाचित भएका छन्।
समानुपतिक मतमा पनि नेपाल विद्यार्थी संघले धेरै मत पाउँदै ३ सिट लगभग सुरक्षित गरेको छ।
यो जित संगै नेविसंघले आयुर्वेद क्याम्पसमा लगातार ४ वटा स्ववियू निर्वाचनमा प्यानल नै जितेको छ।
सम्पर्क इमेल : [email protected]