कस्तो छ स्वास्थ्य बीमाका सन्दर्भमा कार्यदलको सुझाव र त्यसको कार्यान्वयनका लागि बनेको कार्ययोजना ?
काठमाडौँ, ३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन- २०८१ र यसको कार्यान्वयन कार्ययोजनाको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले कार्यदलको सुझाव प्राप्त गरेको झण्डै तीन महिना पछि सार्वजनिक गरेको हो भने कार्यान्वयन कार्ययोजनाको प्रतिवेदन झण्डै २ महिना पछि सार्वजनिक भएको हो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार स्वास्थ्य मन्त्रालयमा कार्यदलले दिएको सुझाव कार्यान्वयन कार्ययोजनाको प्रतिवेदन पढेर सुनाएका थिए । सो क्रममा उनले दुबै प्रतिवेदनहरु आम नागरिकको पहुँचमा हुने गरी सार्वजनिक गरिने जानकारी दिएका थिए । त्यसको केही समय पछि नै प्रतिवेदन सार्वजनिक गरिएको हो ।
प्रतिवेदनमा मन्त्री पौडेलले यसअघि भन्दै आएको स्वास्थ्य बीमाको दायरा ५ लाखसम्म पुरयाउने भनिएको छ । सरकारले स्वास्थ्य उपचारका नाममा वितरित खर्चहरुलाई एकीकृत गरी स्रोतको परिचालन गर्ने भनिएको छ । यस्तै सुर्तीजन्य, मदिराजन्य पदार्थ, गुलियो पेय पदार्थमा कर बढाउने र त्यसबाट केही हिस्सा रकम स्वास्थ्य बीमा कोषमा राखेर प्रयोग गर्ने लगायतका कुरा उल्लेख छ ।
सुझाव कार्यदलको नेतृत्व डा शम्भु आचार्यले गरेका थिए भने सुझाव कार्यान्वयन गर्ने कार्ययोजना बनाउने काम तत्कालीन अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहले गरेका थिए ।
हेर्नुहोस् स्वास्थ्य बीमा सुधारका लागि कार्यदलले दिएको सुझाव प्रतिवेदन र त्यसको कार्यान्वयन गर्न बनाइएको कार्ययोजना प्रतिवेदन:
स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन- २०८१
स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन- २०८१ को कार्यान्वयन कार्ययोजना
सम्पर्क इमेल : [email protected]