नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देश
काठमाडौँ, २८ फागुन । नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ।
स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार लामो समयदेखि पानी नपर्दा नेपालको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको हो ।
प्रदुषित शहरको शीर्ष स्थानमा भारत रहेको छ । त्यहाँको वायुको गुणस्तर २२९ एक्यूआई रहेको छ । आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको र त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको वातावरण विभागले जनाएको छ।
त्यसपछि कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैंसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको छ ।
यसैगरी चितवनको भरतपुर र धनकुटाको वायुको गुणस्तर पनि अति खराब स्तरमा छ । काभ्रेको धुलिखेल, इलाम र बाँकेको नेपालगञ्ज क्षेत्रको हावाको गुणस्तर पनि खराब स्तरमा रहेको छ ।
सम्पर्क इमेल : [email protected]