स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त

काठमाडौँ, २७ फागुन । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त भएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयमा अतिरिक्त सचिव रहेका डा. बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

यसअघि विभागको महानिर्देशक डा विकास देवकोटा थिए । डा देवकोटा सचिवमा बढुवा भएपछि सो पद खाली थियो ।

मन्त्रालयमा १२औं तहमा अतिरिक्त सचिवमा कार्यरत डा बाराकोटीले बुधबारबाट कार्यभार सम्हाल्ने तयारीमा छन् ।

डा बाराकोटीले लामो समय काठमाडौं बाहिर बसेर सेवा दिएका छन्। उनी १२औं तहमा बढुवा भएपछि मात्र काठमाडौं आएका हुन्।

गत १२ फागुनमा डा. रोशन पोखरेल स्वास्थ्य सचिवबाट अवकाश भएपछि रिक्त पदमा अहिलेका सचिव डा देवकोटा सहित डा बाराकोटी पनि सचिवको प्रतिस्पर्धामा थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *