निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ, २६ फागुन । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार तीन जनाको नाम सिफारिस भएको जानकारी दिएको छ ।

सिफारिसमा पर्नेहरुमा डा प्रमोदकुमार यादव, डा रुद्रप्रसाद मरासिनी र प्राडा मोहनचन्द्र रेग्मीको नाम सिफारिस गरेको हो ।
यसअघि मन्त्रालयले गत १० माघमा कार्यकारी निर्देशकका लागि विज्ञापन आव्हान गर्दै दरखास्त पेश गर्न भनेको थियो ।

मन्त्रालयले १५ दिनको समय दिएर खुलाएको आवेदनमा निर्धारित समयभित्र १० जनाले आवेदन दिएका थिए।

आवेदन दिनेहरुमा अस्पतालका हालका निर्देशक डा विधाननिधि पौडेल, डा विशेष पौडेल, डा रुद्र मरासिनी, डा मोहनचन्द्र रेग्मी,  डा रोशन न्यौपाने, डा अजित खनाल, डा अनुज रायमाझी, डा विश्वराम पौडेल, डा प्रदिप यादव र डा श्रवण थापा रहेका छन्।

अस्पतालका हालका निर्देशक डा. पौडेलको कार्यकाल फागुन २५ गते (आज) बाट सकिँदै छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *