७५ औँ स्थापना दिवस मनाउँदै नेपाल चिकित्सक संघ

काठमाडौँ, १८ फागुन । नेपाल चिकित्सक संघले आगामी २० फागुनका दिन आफ्नो ७५ औँ स्थापना दिवस विशेष कार्यक्रम गरी मनाउने भएको छ । संघले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

संघले यसपटक स्थापना दिवसको नारा ‘नेपालको लागि नेपाली चिकित्सक’ भन्ने तय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका बरिष्ठ उपाध्यक्ष डा बद्री रिजालले यो नारा नेपाली चिकित्सकहरुको योगदान, समर्पण र भूमिकालाई उजागर गर्न खोजेको बताए । उनले देशभरी रहेका स्वास्थ्य संस्थामा अहोरात्र खटेर सेवा प्रदान गर्ने चिकित्सकहरु नै नेपालको स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड हुन भन्दै उनले सिमित स्रोत र साधानका बावजुत पनि बिरामीहरुलाई उत्कृष्ठ सेव प्रदान गर्न समर्पित भएको बताए ।

संघका महासचिव डा सञ्जीव तिवारीले सुकेधाराको मरक्युर होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । यस्तै स्वास्थ्य मन्त्री प्रदीप पौडेलसंगै विशिष्ठ चिकित्सकहरुको सहभागीता रहने बताए । उनले सो अवसरमा यसपटक पाँच जना बरिष्ठ चिकित्सकहरुलाई राष्ट्रपतिको हातबाट विशेष सम्मान गरिन लागेको समेत जानकारी दिए ।

सो अवसरमा नेपाल चिकित्सक संघको विगत देखि वर्तमान अवस्था सम्मको प्रस्तुतिकरण तथा बृत्तचित्र प्रदर्शनी समेत हुने महासचिव डा तिवारीले बताए ।

नेपाल चिकित्सक संघ विसं २००७ साल फागुन २० गते स्थापना भएको संस्था हो । यो नेपालको सबैभन्दा पुरानो पेशागत संस्था समेत हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *