स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ, १३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । लोक सेवा आयोगको अध्यक्ष माधव शर्माको अध्यक्षतामा सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
सिफारिसमा परेका तीन जना बाह्रौँ तहका छन् ।
बढुवा समितिका एक सदस्यका अनुसार सिफारिसमा पर्नेहरुमा डा विकास देवकोटा, डा संगिता मिश्रा र डा टंक बाराकोटी रहेका छन् ।
‘सचिव एक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । तीन जना नै बाह्रौँ तहका हुनुहुन्छ,’ ती सदस्यले भने ।
यसअघि सोमबार विहान बसेको समितिको पहिलो बैठकले सचिवका लागि योग्य कर्मचारीसंग विबरण माग गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्य सचिवबाट आइतबार डा रोशन पोखरेल अवकाशमा गएपछि नयाँ सचिव नियुक्तिका लागि सिफारिस भएको हो । अब मन्त्रिपरिषद्को बैठकले तीन मध्ये एक जनालाई सचिवमा नियुक्त गर्नेछ ।
सम्पर्क इमेल : [email protected]