स्वास्थ्यमा जनरल नर्सिङ समूहबाट शकुन्तला प्रजापती एघारौँ तहमा बढुवा
काठमाडौँ, १३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बरिष्ठ अस्पताल नर्सिङ प्रशासकको भूमिकामा रहेकी शकुन्तला प्रजापती प्रमुख अस्पताल नर्सिङ प्रशासक पदमा बढुवा भएकी छन् ।
लोक सेवा आयोगले गत आइतबार लिएको अन्तर्वार्ता र त्यसअघिको लिखित परीक्षामा आएको अंकको आधारमा उनलाई एघारौँ तहमा बढुवा गरेको जनाएको छ ।
आयोगका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट गरिएको यो पदका लागि प्रतिस्पर्धा गर्दै अन्तर्वार्तामा दुई जना पुगेका थिए ।
प्रजापती सिफारिसमा पर्दा प्रतिस्पर्धामा रहेकी रिना श्रेष्ठ भने बैकल्पिक सूचीमा परेकी छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]