ह्याकरको कब्जाबाट मुक्त भयो स्वास्थ्य मन्त्रालयको वेबसाइट
काठमाडौँ, १० फागुन । बिहीबार साँझबाट ह्याकरको कब्जामा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट अहिले भने ह्याकर मुक्त भएको छ ।
मन्त्रालयका आईटी प्राविधिक, राष्ट्रिय सूचना प्रविधि आयोगका प्राविधिक तथा अन्य आईटी प्राविधिकको सहयोगमा वेवसाइट ह्याकरको नियन्त्रणबाट फिर्ता भएको हो ।
शुक्रबारको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले वेवसाइट बिहिबार बेलुका देखि ह्याक भएको जनाउँदै ह्याकरको कब्जाबाट फिर्ता ल्याउनका लागि आईटी प्राविधिकहरु लागि रहेको बताएका थिए ।
शनिबार विहानै देखि वेवसाइट पूर्ववत रुपमा चलेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]