कुकुरले नवजात शिशुको मृत शरीर टोकेर अस्पतालमै पुगेपछि……..

सप्तरी, ७ फागुन । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा बुधबार कुकुरले भर्खरै जन्मेको नवजात शिशु मुखमा लिएर अस्पताल प्राङ्गणमा घुमिरहेको भेटिएको छ ।

मृत अवस्थामा पूर्ण विकसित शरीर नभएको नवजात शिशुलाई कुकुरले बोकेर अस्पतालको प्राङ्गणमा घुमिरहेको पाइएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिलीप साहले पूर्णरुपमा शरीर विकसित नभएको शिशुको शव फेला परेको जानकारी दिए।

अस्पतालमा देखेका प्रत्यक्षदर्शीहरुले कुकुरलाई घेराउ गरी पोषण पुनःस्थापना केन्द्रको पछाडि राखेर प्रहरीलाई खबर गरेका थिए । शिशु कसको हो भन्ने कुरा खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *