पिसाव, मिर्गौला र प्रोष्टेटबारे जनचेतना जगाउदै प्रोष्टेट फाउण्डेशन नेपाल
काठमाडौँ, ३० माघ । नेपालमा पछिल्ला वर्षहरुमा प्रोष्टेटबाट ग्रसित हुने पुरुषको संख्या बढेको छ । प्रोष्टेट मात्रै कहाँ होर, यहिसंगै जोडिएर आउने पिसाव तथा मिर्गौला सम्वन्धी रोगबाट ग्रसितको संख्या पनि घटेको छैन ।
बढ्दो क्रममा रहेका यस्ता समस्यालाई कम गर्न तथा समयमै पहिचान गरी उपचारको पहुँचमा पुगुन भन्ने उदेश्यले प्रोष्टेट फाउण्डेशनले गत बिहीबार राजधानीमा एक अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो ।
मध्यबानेश्वरस्थित मदनभण्डारी मेमोरियल कलेजमा आयोजित कार्यक्रममा फाउण्डेशनका तर्फबाट बरिष्ठ युरोलोजिष्ट डा. दीपक रौनियारले पिसाव, मिर्गौला र प्रोष्टेट समस्याबारे विद्यार्थी, तिनका अभिभावक तथा जम्मा भएका स्थानीय व्यक्तिहरुलाई पढाएका थिए ।
खानपान, जीवनशैलीसंग जोडिएर आउने यस खालका समस्या समयमै पहिचान गरे सामान्य उपचारले निको हुने भन्दै उनले जटिल भएर आउँदा खर्च, समय र जोखिम उत्तिकै बढेर जाने समेत अर्थ्याए ।
सो अवसरमा डा. रौनियारले सहभागीबाट सोधिएका प्रश्नका उत्तर समेत दिएका थिए ।
कार्यक्रममा कलेजका प्रिन्सिपल डा बाबुराम अधिकारीले कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो ‘क्याचमेन्ट एरिया’मा स्वास्थ्य शिविर तथा अभिमुखीकरण गर्न सुरु गरेको भन्दै भविस्यमा सातै प्रदेशमा यस्ता कार्यक्रम लैजाने बताए ।
सो अवसरमा स्वास्थ्यका गतिविधिहरुलाई मिलेर अघि बढाउन फाउण्डेशन र कलेजबीच एक समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।
सम्पर्क इमेल : [email protected]